इनरुवामा जुवाको खालबाट १६ जना समातिए


सुनसरी। इनरुवा नगरपालिका वडा नम्बर ६ मधेशाको चप्पल उद्योगमा जुवा खेलिरहेको अवस्थामा १६ जना जुवाडे पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले मध्यरातमा उनीहरुलाई पक्राउ गरेको हो।

सुनसरी प्रहरीका अनुसार जुवा खालमा छापा हानेपछि जुवाडेहरू भागाभाग भएका थिए। उनीहरुको साथबाट साढे दुई लाखभन्दा बढी रकम बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीको नियन्त्रण लिने क्रममा भाग्न खोज्दा केही जुवाडेहरू घाइते समेत भएको प्रहरीको भनाइ छ।

प्रहरीले नियन्त्रणमा लिएका जुवाडेहरुमा तिर्थराज अधिकारी,भरत कटुवाल, राजिव दुलाल, युजिन काेइराला, अमीत कार्की, दिनेश पाेखरेल, नेमलाल चाैधरी, नेमलाल चाैधरी र सुमन विश्वकर्मा रहेका छन्। त्यस्तै बालकृष्ण काेइराला, श्रवणकुमार तामाङ, झगरू चा‌‌धरी, गाैरव काेइराला, इन्देश सरदार, गाेपाल चाैहान र जीवन तामाङलाई पनि प्रहरीले जुवाको खालबाट नियन्त्रणमा लिएको हो। उनीहरु प्रहरीको हिरासतमा पुगेका छन्।

प्रहरीबाट जोगिन उनीहरुले पैसा लुकाएको आशंका पनि गरिएको छ। पछिल्लो समय जुवा खालमा प्रहरीले छापा हान्न थालेपछि जुवाडेहरु सुरक्षित स्थान खोज्न थालेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ