सतर्कताको छानविनमा परेका बसौला पुन निर्देशक पड्काउने दाउमा
बीमा बोर्डका निर्देशकले जाँदाजादै प्रदीप पौडेल खुसी पार्न ५ लाखको च्याँखे थापे
काठमाडौँ । भ्रष्टाचार लगायत दर्जनौं आरोप लागेर राष्ट्रिय सतर्कता केन्द्रको छानबिनम रहेका स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले ५ लाखको च्याँखे थापेका छन् । राष्ट्रिय सतर्कता केन्द्रको छानबिनमा परेका बसौँला अहिले बिभिन्न खाले च्याँखे थापेर दोस्रो कार्यकालका लागि स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पड्काउने खेलमा जुटेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको टिम खुसी पारेका बसौलाले स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि खुसी पार्ने अभियानमा लागेका छन् । पौडेल खुसी पार्ने काम केही आर्थिक सहयोग र स्वास्थ्य बीमालाई ५ लाख पुर्याउन सकिन्छ भन्ने रहेको अधिकारीहरू बताउँछन् ।
२५ कार्तिकमा कार्यकारी निर्देशकको कार्यकाल सकिदैछ । स्वास्थ्य क्षेत्रमा अहिले शाखा अधिकृत विश्वबन्धु रेग्मी समाए पछि काम हुने धेरैको बुझाई रहेको छ । काम गराइले पनि यस्तै पुष्टि गरेको छ । विगतमा श्रम मन्त्रालय मातहतका मालदार अड्डामा बस्दा आर्थिक देखि सबै खाले सहयोग पाएका मन्त्री पौडेलका स्वास्थ्यमा एक मात्रै विश्वास पात्र रेग्मी भएको बजारमा चर्चा चलेको छ । तर, रेग्मी आर्थिक मामिलामा आफू टाढै रहेको बताउँदै आएका छन् ।
मन्त्री पौडेलले स्वास्थ्यमा थोर बहुत आर्थिक कारोबार हुने कर्मचारीको सरुवा, बढुवा जस्ता आकर्षक कामको जिम्मा सबै शाखा अधिकृत रेग्मीलाई दिएकाले कर्मचारीहरू नियतमा खोट देखिएको बताउँछन् ।
विभिन्न अस्पतालका सञ्चालकहरूले बताए अनुसार स्वास्थ्य बीमा बोर्डका निर्देशक डा बसौला पनि ५ करोड खर्च गरेर पुन निर्देशक बन्ने दौडमा रहेको हल्ला छ । कतिपयले पुन नियुक्तिका लागि चाहिने रकम सम्बन्धित निकायमा बुझाई सकेको समेत अनुमान लगाएका छन् । तर, यस्तो रकमको लेन देन सबैले देख्ने गरि नहुने भएकाले दाबी गर्न भने कठिन छ । उनै बसौला अहिले स्वास्थ्यमन्त्रीलाई पनि खुसी पार्न ५ लाख पुर्याउन सकिन्छ भनेर च्याँखे थाप्न थालेका छन् । उनले थापेको च्याँखे बल्झिन्छ बल्झिँदैन त्यो केही समय पछि हुने विषय हो ।
बसौलाको आड र भरोसा भनेको प्रधानमन्त्री ओलीका स्वकीय सचिव दिपेन्द्र दाहाल र झापा निवासी ओम साइ पाथिभरा अस्पतालका सञ्चालक दीपक पोखरेल हुन् । कारबाहीका लागि सिफारिस गरेको उक्त ओम साइ पाथिभरालाई बसौलाले प्रधानमन्त्रीको अस्पताल भन्दै कर्मचारीलाई थर्काएर कारबाही फुकुवा गरेका थिए । उक्त अस्पतालमा स्वकीय सचिव दिपेन्द्र दाहालको समेत लगानी भएको बुझिएको छ । बसैलाले पुन नियुक्ती खान उनिहरु मार्फत करोडौ खर्च गरेको अस्पताल सञ्चालकहरु बताउँछन् ।
बसौला बिरुद्ध २०८१ साउन ९ गते अर्को उजुरी सतर्कता केन्द्रमा दर्ता भएको छ । १५७ दर्ता नम्बर भएको उजुरीमा स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने नयाँ अस्पताल, नविकरण गर्ने, सेवा थप तथा विस्तार गर्ने कार्यमा आफ्नो निहित स्वार्थ राखी लेनदेन मिलेपछि मात्र सम्झौता हुने गरेको कार्यालयको कामसँग सम्बन्धित सप्लार्यस, ठेकेदारसँग कार्यसम्पन्न नहुदै रकम माग गर्ने र सहमति नभए भुक्तानी नदिने गरेको आरोप सहित उजुरी दर्ता गरिएको छ ।
कमिसनको चक्करमा लागेर स्वास्थ्य बीमा डुबाउने बसौला माथि तत्काल छानबिन गरेर कारबाही गर्नुपर्नेमा उल्टै पुन नियुक्तीको खेलले स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीलाई ठुलै रकम बुझाएको अनुमान लगाउन सकिन्छ ।
क्याटेगोरी : समाचारट्याग : ##Pradeep
तपाईको प्रतिक्रिया दिनुहोस