राष्ट्रिय परीक्षा बोर्डको सर्भर डाउन हुँदा सेवाग्राहीलाई सास्ती


काठमाडौं। सिनामंगलस्थित राष्ट्रिय परीक्षा बोर्डको सर्भर डाउन हुँदा सेवाग्राही सास्ती खेप्नु परेको छ। राष्ट्रिय परीक्षा बोर्डमा प्रमाणपत्र बनाउन गएका विद्यार्थीहरूलाई सर्भर डाउन देखाएर बोर्डले घण्टौंदेखि लाइनमा राखेको हो। यसले गर्दा सरकारी सेवाप्रति सेवाग्राही आक्रोसित बनेको छन्।

राष्ट्रिय परीक्षा बोर्डमा ट्रान्सक्रिप्ट बनाउन पुगेका सेवाग्राही सन्तोष योञ्जनले बोर्डले सर्भर डाउन भनेर सेवाग्राहीको भीड बनाएर राख्ने काम गरेको गुनासो पोखे। बोर्डको सफ्ट्वेयर नचल्ने बनाउने अनि भीडभाड बनाउने काम गरिरहेको उनको गुनासो छ। अनलाइनमा एक मिनेटमा हुने काममा बोर्डले सेवाग्राहीलाई घण्टौं तातो घाममा लाइन लगाएर सास्ती दिएको उनको भनाइ छ। विभिन्न बहाना देखाएर ढिलासास्ती हुँदा सरकारले दिने सेवाप्रति जनविश्वास गुम्दै गएको छ। राष्ट्रीय परीक्षा बोर्डको सर्भर डाउन प्रकरण पनि त्यसैको एउटा उदाहरण हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ