कम्प्युटर अधिकृतलाई प्रशासनको उपसचिवमा बढुवा गराउने सर्वोच्चको फैसलाविरुद्ध कर्मचारी आन्दोलित


काठमाडौं । कम्प्युटर अधिकृतलाई प्रशासनको उपसचिवमा बढुवा गर्ने गरी सर्वोच्च अदालतबाट भएको फैसलाविरुद्ध कर्मचारी आन्दोलित भएका छन्। सर्वोच्च अदालतले गत असोज २ गते विवध सेवामा कार्यरत कम्प्युटर अधिकृतहरुलाई प्रशासन सेवाको उपसचिव पदमा बढुवा गर्ने गरी सरकारलाई आदेश दिएपछि प्रशासन सेवाका कर्मचारीहरू आन्दोलित भएका हुन्।

सर्वोच्च अदालतको उक्त फैसलाको विरोध गर्दै प्रशासन सेवाका कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन्। मन्त्रालय परिसरमा कर्मचारीले धर्ना दिएपछि अप्रिय घटना हुन नदिन बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। सर्वोच्चको फैसलालाले सामान्य प्रशासन मन्त्रालयको अवस्था असामान्य बनेको हो।

सर्वोच्च अदालतको फैसलाले सयौंको संख्यामा प्रशासनका अधिकृतहरु प्रभावित बनेका छन्। सर्वोच्च अदालतको फैसलाले प्रशासन समूहका सयौं अधिकृतको वृत्ति विकासमा असर पर्ने भएपछि कर्मचारीहरु मैदानमा उत्रिएका हुन्। प्रशासनका कर्मचारीहरु काम छाडेर मन्त्रालय घेराउमा लागेका छन्। सर्वोच्चको उक्त फैसलाविरुद्ध सरकार तत्काल भ्याकेटमा जानुपर्ने आन्दोलरत प्रशासन समूहका कर्मचारीहरूको माग छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ