नोबेलका डाइरेक्टर डा. राजेशले दिएको ‘ट्रयाकसुट’ लगाएर दंग परेका अरुण संस्कार पाठशालाका विद्यार्थी


काठमाडौं। नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक (डाइरेक्टर) डा. राजेश नेपालले दिएको ‘ट्रयाकसुट’ लगाएर अरुण संस्कार पाठशालाका विद्यार्थी दंग परेका छन्। अरुण बहुउद्देश्यीय अध्यात्मिक प्रतिष्ठानले संस्कार पाठशालामा अध्ययनरत विद्यार्थीहरु डा. राजेश नेपालले व्यक्तिगत रूपमा दिएको रातो रङमा पहेलो किनारा भएको ‘ट्रयाकसुट’ लगाएर दंग परेका हुन्। अरुण बहुउद्देश्यीय अध्यात्मिक प्रतिष्ठानका सचिव समेत रहेका आचार्य सोमनाथ कोइरालासँग ‘ट्रयाकसुट’ लगाएका संस्कार पाठशालाका ‘संस्कारी’ विद्यार्थी दंग र फुरुङ देखिएका छन्। 

शनिबार मात्रै डा. राजेशले माता दुर्गादेवी नेपालले स्मृतिमा भोजपुरको अरुण गाउँपालिका प्याउली, मऱ्याङडाँडामा पुगेर संस्कार पाठशालाका विद्यार्थीलाई पोशाक (ट्रयाकसुट) उपलब्ध गराएका थिए। उनले उपलब्ध गराएको पोशक संस्कार पाठशालाका विद्यार्थीलाई ‘दशैंमा नयाँ लुगा’ किनिदिए जस्तो भएको छ।

डा. राजेशको व्यक्तिगत सहयोगमा अरुण बहुउद्देश्यीय आध्यात्मिक प्रतिष्ठानका ५० जना विद्यार्थीहरूलाई ५० थान ‘ट्रयाकसुट’ र शैक्षिक सामग्री वितरण गरेका थिए। अरुण बहुउद्देश्यीय अध्यात्मिक प्रतिष्ठान अध्ययनरत विद्यार्थीहरुको शैक्षिक उन्नतिका लागि जे आवश्यक परे पनि सहयोग गर्ने डा. राजेशको बचनबद्धता छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ