प्रदीप पौडेलका प्यारा माफिया मात्रै ! पैसा बाढेर प्रचार खोज्न उदृत 


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल स्वास्थ्य क्षेत्र सुधारको योजना दिन नसक्दा विवादको भुमरीमा परेका छन् । “हुक्के” गफ गर्ने र नयाँ भन्दा विगतमा भइसकेका कामलाई आफूले गरेको भन्दै जवरजस्त निर्णय गर्दै हिँडेपछि स्वास्थ्य क्षेत्र मात्र हैन अन्तर मन्त्रालय पनि उनीसँग चिडिएको छ । 

यतिबेला स्वास्थ्यमन्त्री पौडेलको सचिवालय दुई धारमा विभाजित छ । स्वास्थ्य मन्त्रालय र विभागका कर्मचारी मन्त्री पौडेलको काम गर्ने शैली र बुझाईले नयाँ मन्त्रीको पर्खाइमा जुट्न थालेका छन् । स्वास्थ्य क्षेत्रले अहिले भोट बढाउँने नाममा जथाभावी  रकम वितरण गर्ने मन्त्री खोजेको छैन । मनलाग्दी रकम छर्ने भन्दा विगतमा जथाभावी छरिएको रकम सयल्ने मन्त्रीको आवश्यकता स्वास्थ्यलाई भएको छ । 

अधिकारीहरू भन्छन् विगतका राज्यमन्त्रीलाई बुझाउन जतिको सहज पनि पौडेललाई नहुँदा स्वास्थ्यमा एक पछि अर्को समस्या थपिदै गएको छ । उनकै सचिवालयका कर्मचारी उनले घोषणा गरेका कार्यक्रमबाट खुशी छैनन् । राज्यको ढुकुटीमा पैसा छैन पौडेल जहाँ रिबन काट्न बोलाउँछन् त्यहाँ रोग अनुसारको निशुल्क उपचार व्यवस्था वा केही लाख रकम सहयोग गर्ने निर्णय ठोकेर आउँछन् । 

स्वास्थ्य बीमाको रकम ५ लाख पुर्याउने हावादारी निर्णय गरेर विवादमा परेका उनले काम गर्न नसक्ने देखेपछि काङ्ग्रेस पार्टी नै गुहार्न पुगे । १ लाखको बीमा समेत धर्मराएको बेला ५ लाख पुर्याउने निर्णय गरेपछि बोर्डका अध्यक्ष डा गुणराज लोहनीले अध्यक्षबाट राजिनामा दिएका थिए । त्यस्तै जलनका बिरामीलाई एक लाख सहायता दिने निर्णय गरे । यसको स्रोत के हो, आवश्यक छ, छैन उनलाई कुनै मतलब छैन ।

अधिकारीहरूले भनेका छन् पौडेलले गरेको जतिपनि निर्णय छन्  नितान्त व्यक्तिगत स्वार्थमा भएका निर्णय हुन् । त्यस्तै मस्तिष्क मृत्यु भएका मानिसको अङ्ग दान गर्दा थप एक लाख दिने निर्णय गरेका छन् । मानव अङ्ग प्रत्यारोपण केन्द्रले एक लाख दिदैँ आएको छ । यो निर्णय सँगै दुई लाख दिनु पर्ने भएको छ । 

पौडेलका यस्ता हावादारी निर्णयले कर्मचारीमात्र हैन अर्थ मन्त्रालय समेत रिसाएको छ । अर्थमन्त्रालयले स्वास्थ्य मन्त्रीलाई जथाभावी निर्णय गर्दै हिँडेको भनेर चेतावनी समेत दिएको छ ।  

जथाभावी गरिएका निर्णयले दीर्घकालीन असर पर्ने भन्दै अर्थले स्वास्थ्यका कर्मचारीलाई समेत सम्झाएको अधिकारीहरू बताउँछन् । अहिले प्रदीप पौडेलको व्यापारीसँग बाहेक अरुसँग राम्रो सम्बन्ध छैन । उनको अहिलेका प्यारा माफियाहरू मात्र हुन् । आफ्नो स्वार्थमा काम गर्न पौडेलले आधारभूत अस्पताल निमार्णको रकम रोकेर उक्त पैसा उपचारका नाममा बाड्ने योजना बनाएका छन् । 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ