कमलपोखरीमा ठडिएको छायाँदेवी कम्प्लेक्सको मुद्दामा के फैसला आउँला?

सर्वोच्च अदालतले मंसिर २४ गते छायाँदेवी कम्प्लेक्स विवादको निर्णय सुनाउने


काठमाडौं। ठमेलस्थित छायाँदेवी कम्प्लेक्स (छायाँ सेन्टर)को जग्गाको विवाद सर्वोच्च अदालतले टुंगो लगाउने भएको छ।

सर्वोच्चका न्यायाधीश शारङ्गा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले छायाँ सेन्टरको विवाद टुंगो लगाउन लागेको हो। उक्त मुद्दामा निर्णय सुनाउने प्रयोजनार्थ सर्वोच्च अदालतले आगामी मंसिर २४ गतेका लागि पेशी तोकेको छ। उक्त मुद्दामा पक्ष विपक्षका वकीललाई बहस नोट पेस गर्न लगाउन समेत सर्वोच्चले आदेश दिएको हो।

साविक कमलपोखरी रहेको ठाउँमा उक्त पोखरी मासेर अहिले भव्य कंक्रिट संरचना खडा गरिएको छ। उक्त पोखरीमा पृथ्वीबहादुर पाण्डेको समूहले अलिसान भवन बनाएर अलफ्ट होटल समेत सञ्चालनमा ल्याएको छ। उक्त भवन बनेको ठाउँमा साविकमा पोखरी रहेको भन्दै अधिवक्ता दिपक बिक्रम मिश्रलगायतले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। लामो समयको प्रतिक्षापछि उक्त मुद्दाको अन्तिम फैसला आउन लागेको हो।

सर्वोच्चको फैसलापछि छायाँदेवी कम्प्लेक्सको भविष्य निर्धारण हुनेछ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ