बन्ने भयो भोजपुरको कटका माविमा अपांगमैत्री भवन
काठमाडौं। भोजपुरको अरुण गाउँपालिका वडा नम्बर १, याङपाङस्थित कटका माध्यमिक विद्यालयमा अपांगमैत्री भवन बन्ने भएको छ। युनाइटेड वर्ल्ड स्कुल (युडब्ल्यूएस) नेपालका, स्थानीय सरकार र स्थानीय अभिभावकहरूको साझेदारीमा ५ कोठे अपाङ्गमैत्री शौचालय र स्नान गृहसहितको ११ कोठे पक्की कक्षा कोठाको भवन निर्माण हुने भएको हो।
ती भवनहरुको तत्काल निर्माण शुरू हुने संस्थाले जनाएको छ। उक्त अपांगमैत्री भवनको निर्माण भएर २०८१ सालभित्रै सम्पन्न हुने संस्थाले घोषणा गरेको हो। उक्त विषयमा कटका माध्यमिक विद्यालयमा छलफल भएको छ।
अरूण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री, युडब्ल्यूएस, नेपालका अध्यक्ष खमराज खड्का, वडाध्यक्ष रामकुमार तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन तामाङ, कटका माध्यमिक विद्यालय, याङपाङका प्रधानाध्यापक भवानी श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष शिब खत्री, संस्थाका प्राविधिक, व्यवस्थापन समितिका पदाधिकारीहरू,शिक्षकहरू लगायतको उपस्थितिमा भएको छलफलपछि भवन निर्माणको निश्चय भएको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस