हृदयघातका कारण गण्डकी प्रदेश सभा सदस्य गौचनको निधन


काठमाडौं। हृदयघातका कारण गण्डकी प्रदेशसभा सदस्य विमला गौचन थकालीको निधन भएको छ। गएराति काठमाडौंस्थित निजी निवासमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको हो। प्रदेश सांसद थकाली डेंगी संक्रमणले गर्दा बिरामी भएकी थिइन्। डेंगी संक्रमणपछि काठमाडौंस्थित निजी निवासमा आराम गरिरहेको अवस्थामा हृदयघातका कारण निधन भएको बताइएको छ।

नेपाली कांग्रेसको समानुपातिक प्रदेश सभा सदस्य रहेकी गौचन म्याग्दीकी हुन्। आदिवासी/जनजातीको महिला कोटाबाट उनी गण्डकी प्रदेशको प्रदेश सभा सदस्य बनेकी थिइन्। नेपाल महिला संघ म्याग्दीको अध्यक्ष समेत भइसकेकी सांसद गौचनको अल्पआयुमा नै निधन भएको छ।

म्यादीकी पर्यटन तथा होटल व्यवसायी र समाजसेवी समेत रहेकी गौचन नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रदेश कार्य समितिकी सदस्य समेत हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ