पुरस्कार पर्यटन मन्त्रालयको सिफारिस पार्टीको


काठमाडौं। सरकारले वितरण गर्ने प्रतिभा पुरस्कारका पनि पार्टीले सिफारिस गरेको छ। राज्यलाई योगदान पुऱ्याउनेलाई दिनुपर्ने पुरस्कारका पार्टी निकट शुभेच्छुक संस्थाले ‘लेटर प्याड’ प्रयोग गरेर सिफारिस गरेको पाइएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संगीत, नाट्य, गायन भाषा तथा साहित्यलगायत विभिन्न विधामा वितरण गर्न लागेको राष्ट्रिय तथा प्रादेशिक पुरस्कारका लागि नेपाली कांग्रेस निकट सुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासंघले व्यक्तिको नाम नै तोकेर सिफारिस गरेको छ। यसले गर्दा उक्त महत्त्वपूर्ण पुरस्कारको गरिमा नै घट्न पुगेको टिप्पणी हुन थालेको हो। नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थबहादुर थापाको हस्ताक्षरमा मन्त्रालको संस्कृति महाशाखालाई सम्बोधन गरेर पठाएको सिफारिसमा पुरस्कारका लागि व्यक्तिहरुको नाम नै किटान गरिएको छ। जबकी त्यस्तो प्रतिभा भएका व्यक्ति राज्यले खोज्ने हो।

नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन्। पाण्डे मन्त्री भएको बेला नेपाली कांग्रेस निकट सुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासंघले मौकाको फाईदा लिन खोजेको देखिन्छ। तर, महासंघको उक्त कदमले लाखौं धनराशीको पुरस्कार विवादमा परेको हो। यसले पुरस्कार वितरणको पारदर्शिता र औचित्यमाथि समेत प्रश्न उठ्छ थालेको छ।

पुरस्कारका स्वभाविक आकांक्षीहरुले समेत भागबण्डामा लाखौंको पुरस्कार वितरण गर्न खोजेको भन्दै विरोध जनाएका छन्। गलत र पार्टीगत आस्थाको आधारमा त्यस्तो महत्त्वपूर्ण पुरस्कार वितरण नगर्न उनीहरुले चेतावनी समेत दिएका हुन्। २०६३ सालपछि हरेक साल दस लाखक दरले कार्यकर्तालाई पुरस्कार बाड्ने काम भइरहेको भन्दै उनीहरूले सरकारी पुरस्कार कहिलेसम्म पार्टी कार्यकर्तालाई बाडिँरहने हो भनेर प्रश्न समेत उठाएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ