हृदयघातका कारण अधिवक्ता इन्द्र अधिकारीको निधन


काठमाडौं। हृदयघातका कारण अधिवक्ता इन्द्र अधिकारीको निधन भएको छ। नेपाल बार एशोसिएसनका निर्वाचित पूर्वकेन्द्रीय सदस्य समेत रहेका अधिवक्ता अधिकारीको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हो।

साँझ ५ बजे हृदयघात भएपछि अधिवक्ता अधिकारीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा निधन भएको बताइन्छ। अधिवक्ता अधिकारी सर्बोच्च अदालत बार एशाेसिएसनको सदस्य समेत हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ