डा. बिच्छालाई उत्कृष्ट एसिया बाल रोग विशेषज्ञ अवार्ड


काठमाडौं । एसिया प्यासाफिक पेडियाट्रिसियन एसोसिएसनले राष्ट्रिय योजना आयोगका सदस्य आरपी बिच्छालाई “आउट स्टैन्डिङ्ग एसियन पेडियाट्रिसियन अवार्ड २०२४” बाट सम्मान गरेको छ । यो चिकित्सकका लागि जीवनको ठूलो ‘अवार्ड’ हो ।


बरिष्ठ बाल रोग विशेषज्ञ रहेका डा बिच्छालाई फिलिपिन्समा चलेको चार दिने १८ औं एसिया प्यासिफिक महासभामा उत्कृष्ट एसिया बाल रोग विशेषज्ञ अवार्डले सम्मान गरेको हो ।

बिच्छाका अनुसार तत्कालीन समयमा बाल स्वाथ्य महाशाखाको निर्देशक हुँदा नेपालमा पहिलो पटक खोपसम्बन्धी कानुन तयार भएको थियो। त्यस्तै कोभिड १९ को समयमा छोटो समय स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदा पनि बिच्छाले उत्कृष्ट काम गरेका थिए। यसको फलस्वरुप बिच्छाले यो अवार्ड हात पार्न सफल भएका हुन्। डा. बिच्छा अहिले राष्ट्रिय योजना आयोगको सदस्यको भूमिकामा छन्।

क्याटेगोरी : समाचार
ट्याग : ##Bicha

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ