कर्णाली प्रदेश अस्पतालको निर्देशक बने डा. केशर ढकाल


काठमाडौं। सुर्खेतको कालागाउँस्थित कर्णाली प्रदेश अस्पतालकाे निर्देशक डा. केशर ढकाल बनेका छन्। कर्णाली प्रदेश सरकारले उनलाई अस्पताल निर्देशक बनाउने निर्णय गरेको हो।

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले ६० वर्षे उमेद हदका कारण अवकाश पाएपछि निर्देशक पद रिक्त थियो। उक्त रिक्त निर्देशक पदमा डा. ढकाल नियुक्त भएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ