जसपाबाट कीर्तिपुर मेयरमा तेस्रोलिङ्गी हनिको उम्मेदवारी दर्ता


काठमाडौं। पूर्व उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालको तर्फबाट काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख (मेयर)मा हनि महर्जनले उम्मेदवारी दर्ता गराएका छन्। हनि तेस्रोलिङ्गी हुन्। त्यस्तै कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदमा तेस्रोलिङ्गी मौनी महर्जनको उम्मेदवारी परेको छ।

यही मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा जसपा, नेपालले कीर्तिपुरमा तेस्रोलिङ्गीलाई उठाएको हो। उनीहरूले निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका छन्। वडाध्यक्षकी उम्मेदवार मौनी तेस्रोलिङ्गी मोडल समेत हुन्‌ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ