चितवन मेडिकल कलेजमा उपचार गराउँदा भरतपुर नगरवासीलाई सम्पूर्ण सेवामा ३० प्रतिशतसम्म छुट


काठमाडौं। चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिकाका बासिन्दालाई उपचार गराउँदा ३० प्रतिशतसम्म छुट हुने भएको छ। आईतबार भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेजबीच नगरवासीलाई छुट दिने सम्झौता भएको हो।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका अनुसार महानगर र चितवन मेडिकल कलेजबीच भएको सम्झौता अनुसार नगरवासीहरुलाई चितवन मेडिकल कलेज, भरतपुरमा उपचार गराउँदा सम्पूर्ण सेवामा ३० प्रतिशतसम्म छुट हुने छ। उक्त सम्झौतालाई मेयर दाहालले ऐतिहासिक सम्झौताको संज्ञा दिएकी छिन्। सम्पूर्ण सेवामा ३० प्रतिशत, सम्पूर्ण शरीरको परीक्षण गर्दा ५० प्रतिशत र औषधिमा ७ प्रतिशतसम्म छुट दिने गरी महानगर र चितवन मेडिकल कलेजबीच सम्झौता भएको मेयर दाहालको भनाई छ। नगर प्रमुखको सिफारिसमा थप १० प्रतिशत छुट हुने पनि उनले जनाइन्।

भरतपुर महानगरवासीलाई सेवा दिने सम्झौता भरतपुर महानगरकी मेयर दाहाल र चितवन मेडिकल कलेजका सञ्चालक प्रा. डा. हरिश न्यौपानेको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो। 

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ