प्रतिजैविक प्रतिराेध : “बुझाैं, बुझाऔं आजैबाट राेकथाममा जुटाैं”


प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स (एएमआर) प्रमुख जनस्वास्थ्य समस्याहरूमध्ये एक हो  । संसारभर वार्षिक करिब सात लाख मानिसको मृत्यु यसका कारणले हुने गर्दछ र सन् २०३० सम्ममा दश खरब डलरभन्दा बढी आर्थिक नोक्सानी हुने अनुमान गरिएको छ ।

विश्व बैंकले अनुमान गरे अनुसार यदि AMR लाई सम्बोधन गरिएन भने, सन् २०५० सम्म विश्वव्यापी अर्थतन्त्रले (मुख्यतया कम र मध्यम आय भएका देशहरू) वार्षिक कुल ग्राह्यस्थ उत्पादनको (जीडीपी/GDP) झण्डै ४% गुमाउन सक्छ भने २ करोड मानिसहरूलाई गरिबीमा धकेल्न सक्छ । तशर्थ यस बिषयमा प्रत्येक नागरिकले सचेत हुनुका साथै रोकथामका उपायहरुको बारेमा पनि जान्न जरुरी छ ।

प्रतिजैविक औषधी
प्रतिजैविक औषधी त्यस्तो औषधीहरुको समूह हो जसले किटाणुका कारण लाग्ने रोगको रोकथाम तथा उपचार गर्छ।प्रतिजैविक औषधी सूक्ष्मजीवहरूलाई नाश गर्ने वा फैलिने क्रमलाई सुस्त पार्छ ।

प्रतिजैविक औषधीहरु विभिन्न आकार, प्रकार वा बनावटमा पाईन्छ जस्तै : ट्याब्लेट, क्याप्सुल, सिरप, सस्पेंसन( झोल), इन्जेक्सनमा उपलब्ध हुन्छन्।

प्रतिजैविक औषधीहरु जुन किटाणु समूह विरुद्द प्रयोग हुन्छ त्यहि अनुसार नाम पनि फरकफरक छन् ।

जीवाणु विरुद्द काम गर्ने : एन्टीबायोटिक वा व्याकटेरिअल
भाईरस विरुद्द काम गर्ने : एन्टीभाईरल
परजीवी विरुद्द काम गर्ने : एन्टीपारासाईट
ढुसी विरुद्द काम गर्ने : एन्टीफंगल

तसर्थ दक्ष स्वास्थ्यकर्मीले रोगको कारण पत्ता लगाई बिरामी हुँदा किटाणुको प्रकार अनुसार उपयुक्त प्रतिजैविक औषधी आवश्यक छ वा छैन भनि सुझाव दिन सक्दछन्।सबै अवस्थामा प्रतिजैविक औषधी नचाहिन पनि सक्छ ।

प्रतिजैविक प्रतिरोध

प्रतिजैविक प्रतिरोधलाई इन्ट्री माइक्रोबियल रेसिस्टेन्स एएमआर (AMR) भनेर पनि सम्बोधन गरिन्छ । प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स लाई आम नागरिकले बुझ्ने शब्दमा भन्नुपर्दा मानव मानव र पशु पंक्षीलाई संक्रमण हुँदा उपचारमा प्रयोग हुने औषधि प्रभावहीन हुँदै जानु हो वा संक्रमण गर्ने जिवाणुहरु बलियो भई औषधिले आफ्नो प्रभाव देखाउन नसक्नु वा प्रभावहीन हुँदै जानु हो ।

एण्टिमाईक्रोबियल / एण्टिबायोटिक औषधिहरुले पहिला मारिरहेको किटाणुहरु अथवा सुपर बग्स (Superbugs) लाई मार्न नसक्ने अवस्था आउनुलाई प्रतिजैविक प्रतिरोध (Antimicrobial resistance (AMR) भनिन्छ

प्रतिजैविक औषधीको अनुचित प्रयोगले किटाणु आफ्नो वरिपरीको वातावरण अनुसार आफु परिवर्तन हुँदै जान्छ l ब्याक्टेरिया, ढुसी र भाइरस जस्ता सूक्ष्मजीवहरू एन्टिबायोटिक्स लगायत प्रतिजैविक औषधी प्रति प्रतिरोधी बन्दै जान्छ । अर्थात् संक्रमणको उपचारमा प्रयोग हुने औषधिले उपचारमा आवश्यक परेको अवस्थामा प्रभाव हिन हुनु ।

उक्त संक्रमण गर्ने जीवाणु बलियो हुनु र औषधिले आफ्नो प्रभाव गुमाउनु हो । प्रतिजैविक औषधीको प्रयोगले बिरामीलाई मात्र नभई विश्वव्यापी समुदायलाई पनि असर गर्छ ।

प्रतिजैविक प्रतिरोधका मुख्य असरहरू:

  • संक्रमणको वृद्धि: प्रतिरोधी जीवाणुहरूका कारण सामान्य संक्रमणहरू पनि जटिल बन्दै गइरहेका छन्। यसले गर्दा उपचारमा कठिनाई हुने, रोग लम्बिने र मृत्युदर बढ्ने जस्ता समस्याहरू देखिएका छन्।
  • स्वास्थ्य सेवाको लागत वृद्धि: प्रतिरोधी संक्रमणहरूको उपचारमा धेरै समय, पैसा र स्रोत साधन खर्च हुन्छ। यसले गर्दा स्वास्थ्य सेवाको लागत बढ्ने र स्वास्थ्य प्रणालीमा थप बोझ थपिने गरेको छ।
  • शिशु र बालबालिकामा बढी जोखिम: शिशु र बालबालिकाको प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले उनीहरू प्रतिरोधी संक्रमणहरूको जोखिममा बढी हुन्छन्।
  • शल्यक्रिया र अन्य चिकित्सा प्रक्रियाहरूमा जोखिम: प्रतिरोधी संक्रमणहरूले शल्यक्रिया र अन्य चिकित्सा प्रक्रियाहरूलाई जटिल बनाउँछन् र बिरामीहरूको मृत्युदर बढाउँछन्।
  • कृषि उत्पादनमा असर: पशुहरूमा प्रतिजैविकको अत्यधिक प्रयोगले गर्दा मासु र दूधमा प्रतिरोधी जीवाणुहरूको मात्रा बढ्ने र मानिसमा सरेर स्वास्थ्य समस्या निम्त्याउने सम्भावना बढ्छ।
  • अर्थतन्त्रमा असर: प्रतिरोधी संक्रमणहरूले गर्दा उत्पादकत्व घट्ने, स्वास्थ्य सेवाको लागत बढ्ने र पर्यटनमा नकारात्मक प्रभाव पर्ने हुन्छ जसले गर्दा समग्र अर्थतन्त्रमा नै असर पर्छ।

सन् २०५० भित्रमा करिब १ करोड जनसँख्याको यसै कारण मृत्यु हुने र करिब सय अरब डलरको आर्थिक क्षतिपुग्ने अनुमान गरिएको छ । विश्व बैंकले सन् २०५० भित्रमा यही समस्याको बिश्वमा थप २ करोड ८० लाख जनसँख्यामा गरीबीको रेखामुनि जानसक्ने अनुमान गरेको छ ।

प्रतिजैविक प्रतिरोधका रोकथामका उपायहरु

  • मानव, पशुपन्छी र बोटबिरुवाहरूमा प्रतिजैविक औषधीको उचित प्रयोग गर्ने , आवश्कता निर्कौल गरेर मात्र प्रयोग गर्ने ।
  • स्वास्थ्य सेवा , समुदाय, कृषि र खाद्य उत्पादन प्रणालीमा पर्याप्त सरसफाइ, स्वच्छता, जैविक सुरक्षा, संक्रमण रोकथाम तथा नियन्त्रणका (IPC) उपाय प्रभावकारी ढंगले अपनाउने, र फोहोर-मैला व्यवस्थापन उचित ढंगले गर्ने ।
  • किफायती तथा गुणस्तरीय प्रतिजैविक औषधी, खोप र निदानहरुमा समान पहुँचको बढाउने।
  • स्वास्थ्य सेवा, कृषि-खाद्य प्रणाली तथा औषधी उत्पादनबाट हुने प्रदूषणको व्यवस्थापन गर्ने ।

प्रतिजैविक प्रतिरोध (Antimicrobial resistance)मा स्वास्थ्य संस्थाको भूमिका

प्रतिजैविक प्रतिरोध विश्वभर फैलिँदै गएको एक गम्भीर स्वास्थ्य चुनौती हो। यसले सामान्य संक्रमणलाई पनि जटिल बनाउँदै ल्याउँछ र उपचारलाई चुनौतीपूर्ण बनाउँछ। यस्तो अवस्थामा स्वास्थ्य संस्थाहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ।

स्वास्थ्य संस्थाहरूले प्रतिजैविक प्रतिरोध कम गर्न निम्न कार्य गर्न सक्छन्:

प्रतिजैविकको उचित प्रयोग:

  • चिकित्सकहरूले रोगको प्रकार र गम्भीरताका आधारमा मात्रै प्रतिजैविक लेख्नुपर्छ।
  • पूर्ण कोर्स पूरा गर्न बिरामीलाई प्रोत्साहित गर्नुपर्छ।
  • भाइरल संक्रमणमा प्रतिजैविकको प्रयोगबाट जोगिनुपर्छ।

संक्रमण रोकथाम तथा नियन्त्रण:

  • हात धुने, उपकरणहरूलाई निःसंक्रमित गर्ने जस्ता आधारभूत संक्रमण नियन्त्रणका उपायहरूलाई कडाइका साथ पालना गर्नुपर्छ।
  • अस्पतालको वातावरणलाई सफा राख्नुपर्छ।
  • शल्यक्रिया गर्दा संक्रमण हुने सम्भावनालाई कम गर्नुपर्छ।
  • प्रतिजैविक प्रतिरोधको निगरानी (surveillance):
    नियमित रूपमा प्रतिजैविक प्रतिरोधको निगरानी गर्नुपर्छ।
  • प्रतिरोधी जीवाणुको पहिचान गरी त्यस अनुसार उपचारको योजना बनाउनुपर्छ।

स्वास्थ्यकर्मीहरूलाई तालिम:

  • स्वास्थ्यकर्मीहरूलाई प्रतिजैविक प्रतिरोधका बारेमा पर्याप्त जानकारी दिनुपर्छ।
  • प्रतिजैविकको उचित प्रयोग र संक्रमण नियन्त्रणका उपायहरूबारे तालिम दिनुपर्छ।

बिरामी शिक्षा:

  • बिरामीहरूलाई प्रतिजैविकको महत्व, दुरुपयोगका खतरा र उचित प्रयोगका बारेमा जानकारी दिनुपर्छ।
  • बिरामीहरूलाई आफ्नो स्वास्थ्यको जिम्मेवारी लिन प्रोत्साहित गर्नुपर्छ।

अनुसन्धान र विकास:

  • नयाँ प्रतिजैविक औषधिहरूको खोजीमा लगानी गर्नुपर्छ।
  • प्रतिरोधी जीवाणुहरूसँग लड्न सक्ने नयाँ उपचार पद्धतिहरूको विकास गर्नुपर्छ।

सहकार्य:

  • अन्य स्वास्थ्य संस्थाहरू, सरकार, र समुदायसँग मिलेर काम गर्नुपर्छ।
  • प्रतिजैविक प्रतिरोधसँग लड्नका लागि नीतिगत परिवर्तन ल्याउन पहल गर्नुपर्छ।

प्रतिजैविक प्रतिरोध एक जटिल समस्या हो जसलाई समाधान गर्न सबैको सहयोग आवश्यक छ। स्वास्थ्य संस्थाहरूले यस समस्यासँग लड्न अग्रणी भूमिका खेल्न सक्छन्।

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह
यसको बारेमा सचेतना वृद्धि गर्दै प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि असल अभ्यास अपनाउन प्रोत्साहित गर्ने ध्येयका साथ हरेक वर्ष नोभेम्बर अठारदेखि चौबीस तारिखसम्म विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह विश्व स्वास्थ्य संगठन, खाद्य तथा कृषि संगठन, विश्व पशु स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघिय वातावरण कार्यक्रमको संयुक्त आह्वानमा मनाउने गरिएको छ ।

यस वर्ष विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह यही मङ्सिर ३ देखि ९ गते सम्म पर्ने हुँदा यसै सन्दर्भमा नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजकत्वमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको सहकार्या मा विश्व एन्टी माइक्रोबियल सचेतना सप्ताह यस वर्ष प्रतिजैविक प्रतिरोध बुझौं बुझाउँ आजैबाट रोकथाममा जुटौं भन्ने नाराका साथ र प्रतिजैविक औषधिको प्रयोग सावधानीपूर्वक गरौं भन्ने मूल भावनालाई आत्मसाथ गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गरी मनाइदैछ । प्रतिजैविक प्रतिरोध नियन्त्रण तथा रोकथामका लागि सबै क्षेत्रको सामुहिक प्रयास अनिवार्य छ ।

निष्कर्ष:
प्रतिजैविक प्रतिरोध एक गम्भीर समस्या हो जसले विश्वभर लाखौं मानिसहरूको ज्यान लिइरहेको छ। यस समस्यासँग लड्न स्वास्थ्य संस्थाहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ। स्वास्थ्य संस्थाहरूले प्रतिजैविकको उचित प्रयोग, संक्रमण नियन्त्रण, बिरामी शिक्षा, अनुसन्धान र विकास जस्ता कार्यहरू गरेर प्रतिजैविक प्रतिरोधलाई कम गर्न सकिन्छ ।

लेखक श्रेष्ठ, वीर अस्पतालकि नर्सिंग निर्देशक हुन् ।

क्याटेगोरी : विचार
ट्याग : ##AMR, ##AMR week (WAAW), ##Bir hospital, ##mohp nepal, #sangita shrestha

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ