सरकारले अचानक सार्वजनिक विदा दिएपछि कार्यालय पुगेका कर्मचारीको बिजोग


काठमाडौं। सरकारले अचानक सार्वजनिक विदा दिएपछि कार्यालय पुगेका कर्मचारीको बिजोग भएको छ। मन्त्रिपरिषद्को बैठकले आज सार्वजनिक विदा दिने निर्णय गर्दा अधिकांश कर्मचारी कार्यालय पुगिसकेका थिए। कतिपय कर्मचारीले त हाजिर गरिसक्दा गृह मन्त्रालयले सार्वजनिक विदाको सूचना निकालेको थियो। त्यसैले कार्यालयमा उपस्थित भइसकेका कर्मचारी घर फर्किनु पर्ने बाध्यता आइपरेको छ।

मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सार्वजनिक विदा दिने निर्णय गर्दा साढे ९ बजिसकेको थियो। सेवा प्रवाह गर्ने सरकारी निकायमा कर्मचारी मात्र होइन सेवाग्राही समेत पुगिसकेका थिए। यस्तो अवस्थामा सरकारले अचानक सार्वजनिक विदा दिँदा कर्मचारी रनभुल्लमा मात्र परेका छैनन् सेवाग्राहीले समेत सास्ती व्यहोर्नु परेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ