स्वास्थ्यमन्त्रीले पैसा खाएर आयुर्वेद विभागको महानिर्देशक परिवर्तन गरेको आशंका

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपीत व्यक्तिमाथि छानविन गर्नुपर्नेमा महानिर्देशकको बिल्ला


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने जिम्मा पाएका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आयुर्वेद विभागको महानिर्देशक परिवर्तनमा पैसा खाएको आशंका गरिएको छ । ११ तहका डाक्टर प्रदीप केसीलाई हटाएर उनले १० औं तह त्यसमा पनि शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लागेका डा श्यामबाबु यादवलाई निमित्व महानिर्देशकको जिम्मेवारी दिएका छन् ।

११ तह हुदा हुदै १० औं तहको कर्मचारीलाई निमित्व दिनुको पछाडी पैसाको बाहेक अन्य कुनै चलखेल हुदैन । विगतमा पनि सिनियरलाई हटाएर जुनियरलाई जिम्मेवारी दिदा थोर बहुत पैसाको खेलो हुदै आएको थियो । केही दिन अगाडी प्रदीप पौडेलले आयुर्वेद विभागको महानिर्देशक बाट प्रदीप केसीलाई सिंहदरबार वैद्यखाना पठाएर विभागमै कार्यारत डा यादवलाई निमित्वको जिम्मेवारी दिएका हुन् ।

सिंहदरबार वैद्यखानाकै कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आयुर्वेदमा ५० हजार सम्म पैसा लिएर कर्मचारी सरुवा हुने गरेको भन्दै पौडेल माथि कटाक्षं गरेका थिए । त्यसको बहस सेलाउन नपाउँदै पौडेलले बालेनको भनाईलाई थप पुष्टि गरिदिएका छन् । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपीत व्यक्तिमाथि छानविन गर्नुपर्नेमा महानिर्देशकको बिल्ला भिराए पछि पौडेलको कर्तुत स्वास्थ्यमा छताछुल्ल हुन थालेको छ ।

पौडेलले महानिर्देशक बनाएका १० औंँ तहका डा. श्यामबाबुले नेपालमा आयुर्वेद सहायक अध्ययन गरिरहेको समयमा भारतको बिहारमा विज्ञान बिषयमा आइएससी अध्ययन गरेको देखिएको छ । डा. यादव त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आयुर्वेद क्याम्पसमा सहायक आयुर्वेद कार्यकर्ता अध्ययनका लागि २०४६ मा भर्ना भएको प्रमाणपत्रबाट खुल्छ । उनले २ बर्षमा आयुर्वेदको कोर्ष पूरा गरी २०४८ साउन १३ मा पास गरेको देखिन्छ ।

यस क्षेत्रका विज्ञहरुले बताए अनुसार प्राविधिक बिषय आयुर्वेद, अहेव, सीएमए जुनसुकैमा कम्तीमा ३ महिना प्रयोगात्मक (ओजेटी) गर्नैपर्छ । कोर्ष २०४७ चैतमा सकिए पनि ओेजेटी ३ महिना कम्तीमा गर्दा उनको पढाइ २०४८ साउनसम्म हुन्छ । डा. यादवले २०४६ साउनदेखि २०४८ साउनसम्म नै नेपालको आयुर्वेद क्याम्पसमा नियमित अध्ययन गरेर मात्र प्रमाणपत्र पाएका हुन् ।

प्राप्त डकुमेन्ट अनुसार सन् १९८९ जुलाई देखि १९९१ जुलाई सम्म उनले नेपालको आयुर्वेद क्याम्पसमा अध्ययन गरेको देखिन्छ । तर उनले उता बीएमएस अध्ययनका लागि पेश गरेको भारत बिहारको सीतामढीको रामऔतार राजकिशोर माधुरी यादव कलेजको प्रमाणपत्रमा सन् १९९० देखि १९९२ सम्म आइएससी अध्ययन गरेको उल्लेख छ ।

हामीले जान्न चाहेको विषय नेपालमा आयुर्वेद अध्ययन गरिरहेकै समयमा बिहारको सितामढीबाट कसरी यादवले आइएससी पास गरे ? दुवै बिषय विद्यार्थी स्वयं कक्षामा उपस्थित भएर अध्ययन गर्नुपर्ने हुन्छ । त्यसैले यादवको हातमा भएको शैक्षिक योग्यताको प्रमाणपत्र नेपाली र भारतबाट ल्याएको मध्ये एक नक्कली हुनुपर्छ । यदी एकै समयमा मिल्ने भए त्यसमा हाम्रो भन्नु केही छैन ।

त्यही मिल्दैन भने, नक्कली प्रमाणपत्रका आधारमा यादवले आयुर्वेदमा बीएमएस र एमडी गरिसकेका छन् । यस्ता व्यक्ति मन्त्री पौडेलका विश्वास पात्र हुन् । यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र जस्ता सरोकारवाला निकायले छानबिन गरी दोषी देखिएको खण्डमा यादव मात्र हैन नियुक्ती गर्ने पौडेल माथि पनि कारबाही गर्नुपर्छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ