सिंहदरबारभित्रै डेंगी आतंक


काठमाडौं । उपत्यकाको मौसम एकदमै चिसो छ। चिसोमा लामखुट्टेको प्रभाव कम पर्नु पर्ने हो। तर, मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा लामखुट्टेको टोकाइबाट डेंगी आतंक मच्चिएको छ। अहिले पनि डेंगीका कारण सिंहदरबारका उच्च पदस्थहरू थलिएका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल डेंगी संक्रमणका कारण मन्त्रालय आउन सकेका छैनन्। उनलाई डेंगी लागेपछि मन्त्रालयको काम नै प्रभावित भएको छ।

मंसिरमा डेंगी आतंक हुन थालेपछि सिंहदरबारभित्र अन्य कर्मचारी पनि पीडित भएका छन्। वन तथा वातावरण मन्त्रालयका प्रशासन हेेर्ने सहसचिव भुपाल बराल पनि स्वास्थ्यम समस्या देखिएपछि घरमै आराम गरेर बसिरहेका छन्। उनलाई पनि डेंगी लागेको आशंका गरिएको छ।

डेंगीका कारण गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रामबन्धु सुवेदी तंग्रिएर कार्यालय आउन थालेका छन्। अर्थ मन्त्रालयभित्र त डेंगीको महामारी नै फैलियो भन्दा फरक पर्दैन। अर्थ मन्त्रालयका सहसचिवहरू दीर्घराज मैनाली, धनीराम शर्मा, उत्तरकुमार खत्रीलगायत आधा दर्जन डेंगी पीडित हुन्। अन्य मन्त्रालयको अवस्था पनि त्यस्तै देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ