पर्साका सिडिओ गणेश अर्यालको अभिव्यक्तिलाई लिएर चिकित्सक संघ र उपभोक्ता मञ्च आमनेसामने


काठमाडौं। पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालको अभिव्यक्तिलाई लिएर नेपाल चिकित्सक संघ र उपभोक्ता हित संरक्षण मञ्च आमनेसामने भएका छन्। गत कार्तिक ३० पर्साको वीरगञ्ज भएको उपभोक्ता हित संरक्षण मञ्चको २९ औं साधारणसभामा सम्बोधन गर्दै सिडिओ अर्यालेले दिएको अभिव्यक्तिलाई लिएर संघ र मञ्च आमनेसामने भएका हुन्।

नेपाल चिकित्सक संघले सार्वजनिक रूपमा गैह्रजिम्मेवार अभिव्यक्ति दिन सिडिओ अर्याललाई कारबाहीको दायरामा लाएर जिम्मेवारीमुक्त गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएलगत्तै मञ्चले पनि ध्यानाकर्षण भएको जनाएको छ। मञ्चले संघको उक्त कदमलाई मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजनालाई निष्कृय बनाउने षड्यन्त्र भएको आरोप समेत लगाएको हो।

नेपाल चिकित्सक संघले बुटवलको आम्दा अस्पतालमा भएको घटनालाई लिएर सिडिओ अर्यालले दिएको अभिव्यक्तिप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै सिडिओलाई कारबाहीको दायरामामा ल्याउन र स्वास्थ्यकर्मीको मनोबल बढाउन उनलाई जिम्मेवारीबाट मुक्त गराउन माग गरेको थियो। त्यसलगत्तै उपभोक्ता हित संरक्षण मञ्चले यस्तो गैरकानुनी माग फिर्ता लिन र यस्ता कुरालाई मलजल नगर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ।

मञ्चले भनेको छ ‘ यस्तो गैरकानुनी माग फिर्ता लिई आफ्नो व्यवसायमा उपभोक्ता मानवअधिकारको सम्मान गर्न नेपाल चिकित्सक संघ र असल निर्भिक, नियमन अधिकारीलाई हतोत्साहित बनाइ देशमा स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा लुट मच्चाउन अनदेखा गरी छुट दिने कार्यमा थप मलजल नेपाल सरकार गृह मन्त्रालयसँग मञ्च हार्दिक अनुरोध गर्दछ।’,

संघले भने चिकित्सकीय अभ्यासको बारेमा सिडिओ अर्यालको धारणा समस्त स्वास्थ्यकर्मीलाई हतोत्साहित बनाउने किसिमको रहेको जनाएको छ। संघ र मञ्चको गतिविधि हेर्दा सिडिओ अर्याललाई कारबाही गराउन र जोगाउन संघ र मञ्च आमनेसामने भएको देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #उपभोक्ता हित संरक्षण मञ्च, #गणेश अर्याल, #नेपाल चिकित्सक संघ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ