सत्य निरुपण आयोगको अध्यक्षमा गिरिशचन्द्र लालदेखि सुदिप पाठकसम्मको दाबी
काठमाडौं। सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोग गठनको प्रक्रिया अघि बढाएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष र सदस्य बन्न इच्छुक व्यक्तिहरुको सूची सार्वजनिक भएको हो।
सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष बन्नका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको दाबी परेको छ। मानव अधिकारकर्मी सुदिप पाठकको दाबी पनि सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष कै लागि परेको हो। सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश साधुराम सापकोटा र पूर्वनायब महान्यायाधिवक्ता महेश थापाको पनि दाबी परेको छ।
त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष भइसकेका उच्च अदालतका पूर्वन्यायाधीश युवराज सुवेदीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग दुबैको अध्यक्ष पदमा दाबी गरेका छन्।
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष समेत भएर काम गरिसकेका उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पाए अध्यक्ष नपाए सदस्य पनि नछाड्ने भएका छन्। उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीले पनि आचार्य कै लाइन समातेका छन्। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष वा सदस्य पदमा दाबी गरेका छन्। विष्णु पाठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग अध्यक्ष पदमा दाबी गरेका छन्। नेपाल ल क्याम्पसका डीन भइसकेका प्रा. डा. विजय सिंह सिजापति सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष वा सदस्य जुन भएपनि हुने गरी दाबी गरेका छन्।
नायब महान्यायाधिवक्ता भइसकेका विश्वराज कोइराला सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष वा सदस्य जे भए पनि चित्त बुझाउने गरी दाबी पेश गरेका छन्। नेपाल सरकारका पूर्वसचिव रामकुमार आचार्यले सत्य निरुपण तथा मेलमिलाप आयोगको भए सदस्य भए पनि हुने बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको चाहिँ अध्यक्ष नै चाहिने गरी दाबी प्रस्तुत गरेका हुन्।
सत्य निरुपण तथा मेलमिलाप आयोग सदस्य भइसकेका प्रचण्डराज प्रधानले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग अध्यक्ष वा सदस्यमध्ये एउटा पदमा फेरि पनि नियुक्ति खाने तयारी थालेका छन्। मानव अधिकारकर्मी सुवोधराज प्याकुरेललाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष वा सदस्य बनाउन संस्थागत सिफारिस परेको छ। लम्जुङका तेजमान श्रेष्ठले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा दाबी गरेका छन् भने टुकराज पाण्डेले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमै दाबी गरेको हुन्।
मन्दिरा शर्माको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग अध्यक्ष पदमा मात्र दाबी परेको छ। पिङकी सिंह राणा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग अध्यक्ष वा सदस्य जे भएपनि हुने गरी दाबी प्रस्तुत गरेको पाइन्छ। डेलमान गुरुङ भने बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग अध्यक्ष वा सदस्यमध्ये एउटा पद लिन खोजेका छन्। रामप्रसाद घिमिरेको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र केशवराज जोशी अध्यक्ष र सदस्य दुबैमा दाबी परेको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस