प्रधानमन्त्री चीन भ्रमणमा जानु अघि सरकारले परराष्ट्र मन्त्रालयको सचिव फेऱ्यो
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको तयारीमा छन्। उनको भ्रमणको चाँजोपाँजो मिलाउने काम भइरहेको छ। प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालयमा अमृतबहादुर राईलाई कायममुकायम सचिवको जिम्मेवारी दिइएको हो।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले परराष्ट्र सचिव सेवा लम्साललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानेर राईलाई कायममुकायम परराष्ट्र सचिव बनाइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई थप प्रभावकारी बनाउन राईलाई परराष्ट्रको कायममुकाय सचिव बनाइएको हो। बेल्जियमका लागि नेपाली राजदूत हुन तयारी अवस्थामा रहेकी लम्साललाई राजदूतमा नियुक्ति नै नगरी प्रधानमन्त्री कार्यालयमा तानिएको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस