नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अन्तर्राष्ट्रिय सम्मेलन ९ देखि १२ सम्म
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मङ्सिर ९ देखि १२ गते सम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । फोरम फर इथिकल रिभ्यु कमिटी इन द एशिया एन्ड वेस्टर्न प्यासिफिक रिजनको २४ औं शिखर सम्मेलन काठमाडौं आयोजना गर्न लागेको हो । यो सम्मेलन नेपालमा पहिलो पटक हुन लागेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को दाबी रहेको छ ।
आयोजक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बताए अनुसार सम्मेलनमा स्वदेश तथा विदेशबाट ६ सय बढी सहभागी हुने छन् । दर्जनौं पेपर प्रस्तुती हुने छन् । परिषद्का सदस्य सचिव डा प्रमोद जोशीले बताए अनुसार अनुसन्धान आचार संहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरु, अनुसन्धानकर्ताहरु, नीति निर्माताहरु, प्राज्ञिक सस्थाका प्रतिनिधिहरुको महत्वपूर्ण उपस्थिति रहने छन् ।
सम्मेलनमा विश्वका अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रीस, केन्या, ब्राजिल, भारतलगायत २३ देशका सहभागीहरु प्रत्यक्ष तथा २ सय ५० जना सहभागीले भर्चुअल सहभागिता जनाउने छन् । सम्मेलनमा ६१ वटा प्रस्तुतिकरण अन्तर्राष्ट्रिय विज्ञहरुबाट हुनेछ भने २९ वटा प्रस्तुतिकरणहरु राष्ट्रिय विज्ञहरुद्धारा गरिनेछ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस