पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो


काठमाडौँ । पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइएको छ । ३८ वर्ष अघि क्यानडाको ओटावामा भएको स्वास्थ्य प्रवर्द्धन सम्वन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको सन्दर्भ पारेर स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपाल (हेपेन)ले नेपालमा पनि उक्त दिवस मनाएको हो ।
अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंह, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशबराज पण्डित, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेको उपस्थितिमा “स्वास्थ्य प्रवर्द्धन आजको आवश्यकता दीगो स्वास्थ्यको सुनिश्चितता” भन्ने मुल नाराका साथ यो दिवस मनाइएको हो ।

स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालका महासचिव डा. भक्त केसीले स्वास्थ्य प्रवर्द्धन विधा तथा पेशालाई आम सरोकारवाला माझ चिनाउने र यसको महत्व बुझाउने उदेश्यका साथ यो दिवस मनाउन थालिएको बताए । सो अवसरमा उनले स्वास्थ्य प्रवर्द्धन दिवसको पृष्ठभूमि र औचित्य सहित नेपालका स्वास्थ्य समस्याहरू समाधानमा स्वास्थ्य प्रवर्द्धनको बुझाई” विषयमा प्रस्तुति समेत दिएका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ