दुर्गा प्रसाईं चढेकाे गाडीले ठक्कर दिएका फुलेश्वर मेहताकाे निधन


काठमाडौं। साईबार क्राइमको ‘केस’मा अनुसन्धानका लागि काठमाडौं प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंमाथि अर्को बज्रपात परेको छ। गत कार्तिक २६ गते उनी चढेको गाडीले हानेका सुनसरीको फुलेश्वर मेहताकाे निधन भएको हो। यसले प्रसाईंलाई अर्को क्षति पुगेको छ।

प्रहरीले आधा दर्जन बढी कसुरमा मुद्दा लगाउने तयारी गरिरहेका प्रसाईंलाई अर्को मुद्दाले पनि सताउने भएको छ। उनी चढेको बागमती प्रदेश ०१०२८ च ०२०१ नम्बरको गाडीले सुनसरी जिल्लाको कोशी गाउँपालिकामा ठक्कर दिएका मेहताको निधन भएपछि प्रसाईंलाई अर्को अबगाल आइपरेको हो।

प्रसाईं सवार गाडीले ठक्कर दिएका भनिएका मेहताको शुक्रबार सप्तकाेशी न्युराे हस्पिटलमा उपचारका  क्रममा निधन भएको हो। मेहतालाई ठक्कर दिएर गम्भीर घाईते बनाएपछि स्थानीयले प्रहरीलाई उक्त गाडीमा प्रसाईं सवार रहेको खबर गरेका थिए। यो विषयमा प्रहरीले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ