एएमआरमा लैङ्गिक असमानता

प्राथमिक उपचारका नाममा महिला माथि थुप्रै प्रकारका एन्टिबायोटिक प्रयोग


काठमाडौँ । एन्टिबायोटिक औषधिको सेवन गर्ने दरमा लैङ्गिक असमानता देखिन्छ । पुरुषको तुलनामा महिला एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) को बढी जोखिममा देखिन्छन् । नेपालमा मात्र नभएर विश्वका कतिपय अध्ययनले महिलाको स्वास्थ्य माथि बढी जोखिम देखाएको छ ।

महिलाहरूले प्राय एमोक्सिसिलिन र एजिथ्रोमाइसिन औषधि खान सिफारिस गर्छन् । यी दुई सामान्य खाले एन्टिबायोटि हुन् । अधिकारीहरु भन्छन् हल्का र सामान्यतया रुघाखोकीको भाइरस छिटो निको हुने आशामा यो औषधि चलाइन्छ ।

महिलाहरू घरभित्र र बाहिरको काममा बढी संलग्न हुन्छन्, त्यसैले उनीहरूमा एएमआरको जोखिम हुन्छ, एएमआर विज्ञ डाक्टर बिबेका श्रेष्ठ भन्छिन् । पुरुषको तुलनामा महिलाहरूले प्रायः घरको कामको ठूलो बोझ बोक्छन्,“ उनी भन्छिन् । “जब महिलाहरू बिरामी पर्छन्, उनीहरूको बालबालिकाको हेरचाह, खाना पकाउने, खेतीपाती र गाईवस्तु पाल्ने जस्ता जिम्मेवारीहरूबाट टाढा हुन्छन् । कामको जिम्मेवारीमा फर्कन बारम्बार एन्टिबायोटिकहरू चलाउन अनुरोध गर्छन् । तर, उनिहरुलाई जानकारी छैन कि यसरी एन्टिबायोटिक सेवन गर्दा रोगहरूसँग लड्ने क्षमता कमजोर हुन्छ ।“

डाक्टर बिबेका श्रेष्ठका अनुसार विश्वव्यापी रूपमा ७० प्रतिशत महिला स्वास्थ्यकर्मी अग्रपङ्तिमा काम गर्छन जसले गर्दा उनीहरुमा एएमआरको जोखिम हुन्छ । बढ्दो गर्भपतनको दरले पनि महिलामा जोखिम बढाएको देखिन्छ । धेरै पटक गर्भवती हुने, गर्भपतन गराउने र बर्थिंग सेन्टर सफा नहुदा महिलामा बढी एएमआरको जोखिम हुन्छ डा श्रेष्ठ भन्छिन् । राजधानीका सरकारी अस्पतालहरूले गर्भावस्थामा कम एन्टिबायोटिक दिने गर्छन् । यसको विपरीत, धेरै निजी अस्पतालहरूमा गर्भवती महिलाहरूलाई छिटो समाधानको रूपमा एन्टिबायोटिक औषधि दिइन्छ डा श्रेष्ठ भन्छन् ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##AMR week (WAAW)

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ