बालेनसँग महानगरका पूर्व स्वास्थ्य विभाग प्रमुख पौडेलले १० करोड क्षतिपूर्ति मागे
काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग महानगरका पूर्वस्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले १० करोड क्षतिपूर्ति मागेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले आफूलाई १० करोड क्षतिपूर्ति दिनुपर्ने दाबी गरेका हुन्।
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी भर्ना गर्दा कैफियत देखिएपछि विभागीय प्रमुख रहेका पौडेललाई बालेनले निलम्बन गरेका थिए। उनलाई जागिरबाट हटाउन बागमती प्रदेश लोक सेवा आयोगसँग महानगरले परामर्श लिएको थियो। तर, लोक सेवा आयोगले पौडेललाई जागिरबाट हटाउन सहमति नदिएपछि उनी पुनः सेवामा फर्किए। त्यसपछि उनी कागेश्वरी मनोहरा नगर अस्पतालको प्रमुख भएर गएका थिए।
आफूसँगै डण्डा लगाइएका नूरनिधि न्यौपाने र भगवती बिडारीलाई काममा लगाइसकेको भन्दै पौडेलेले आफूलाई १० करोड क्षतिपूर्ति दिनु पर्ने माग राखेका छन्। ‘मेरो तपाईंले गरेको अपमान त ‘मनिटरी भ्यालु’ छैन तर पनि तपाईंले मलाई १० करोड क्षतिपूर्ति दिनु पर्छ।’, पौडेलले मेयर बालेनलाई सम्बोधन गर्दै लेखेका छन्।
श्रीमान् प्रमुख, बालेन्द्र शाह (बालेन)ज्यू,
काठमाडौं महानगरपालिका
विषय: मैले क्षतिपूर्ति कहिले पाउने?
प्रस्तुत विषयमा निरीह कर्मचारीलाई जे गरेपनि हुन्छ। म युवा छु भन्दै सुशासन कायम गर्ने नेपाल भरका एक मात्र मेयर म नै हो भन्दै स्वघोषित स्वरुपमा तपाईं कै सचिवालयको संलग्नतामा एक महिला तपाईंसँगै चिरपरिचित व्यक्तिलाई लिएर म समेत ३ जनालाई डण्डा हान्नु भयो। तपाईंले अवकाश गर्नु पर्छ भन्दै सबै निकायमा म समेतको पत्र पनि पठाउनु भयो। तपाईंले तयारी अवस्थामा राख्नु भएका मिडिया त छदै थिए। अरु मिडिया पनि भ्यू बडाउन खोजिखोजी लागे। अहिले तपाईंले गरेको निर्णय उच्च अदालत पाटन, प्रदेश लोकसेवा आयोग, बागमतीले बदर गरेपछि तपाईं आफैले आफ्नो गलत काम स्वीकारेर नूरनिधि न्यौपाने र भगवतीलाई काम लगाइसक्नु भएको छ।
तपाईंले आफ्नो साख राख्न, नेपाली जनता माझ लोकप्रिय हुन म जस्ता अबला कर्मचारीको सामाजिक सन्जालमार्फत सामाजिक अपमान बेइज्जति गर्न पाइन्छ? सूचना प्रविधिको अहिलेको दुनियााँमा मेरो के छबि रह्यो होला? मेरो तपाईं ले गरेको अपमान त मनिटरी भ्यालु छैन तर पनि तपाईं ले मलाइ १० करोड क्षतिपूर्ति दिनु पर्छ।’,
तपाईंको..
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस