हिमानी शाहले दिएको एम्बुलेन्सले इनरुवामा भाँडभैलो


काठमाडौं। पूर्व युवराज्ञी हिमानी शाहको नाममा स्थापित हिमानी कोषले इनरुवाको स्वास्थ्य चौकीलाई दिएको एम्बुलेन्सले इनरुवा नगरपालिकाका भाँडभैलो मच्चिएको छ। उक्त एम्बुलेन्स मर्मत गर्दा अनियमितता भएको आरोप लागेपछि इनरुवा नगरपालिकामा लफडा परेको हो। इनरुवा नगरपालिका वडा नम्बर ६ मधेशा स्वास्थ्य चौकले सञ्चालन गर्दै आएको हिमानी कोषले दिएको उक्त एम्बुलेन्स मर्मतको खर्चलाई लिएर अहिले ठूलो लफडा निम्तिएको छ।

एम्बुलेन्स मर्मतका नाममा ५ लाख बढी खर्च भएपनि प्रयोगमा ल्याउन सिकेपछि उक्त विषयको खोजीमा जनप्रतिनिधि नै लागेका छन्। एम्बुलेन्स मर्मतको खर्च माग्दा मेयर केदार भण्डारी कै निर्देशनमा सूचना लुकाएको भन्दै इनरुवा नगरपालिका वडा नम्बर ६ मधेशाका वडा सदस्य उत्तम कार्कीले सूचना हक प्रयोग गरेर लिखित रूपमा सूचना मागेका छन्। वडा सदस्य कार्कीले दिएको सूचनाको हक २०६४ मा टेकेर दिएको लिखित निवेदन अहिलेसम्म कार्यान्वय नभएको उनको गुनासो छ।

उत्तम कार्की वडा सदस्य

वडा सदस्य कार्कीले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सूचनाको हक २०६४ अन्तर्गत लिखित रूपमा हिमानी ट्रस्टद्वारा प्रदान गरिएको एम्बुलेन्समा इनरुवा नगरपालिकाको कार्यालयले के कति खर्च गरी के बनाएको हो प्रश्न गरी निवेदन दिएको धेरै दिन भयो। पटक-पटक ताकेता गर्दा आलटाल गरिदैंछ। थप दुई दिन पर्खिने छु। दुई दिनमा खर्च विवरण, इस्टिमेट, बनेका सामग्री सार्वजनिक नगरिएमा इनरुवा नगरपालिका परिसरमा धर्ना दिनेछु। साथै यस अभियानमा सहयोग गर्न सम्पूर्ण नगरवासीलाई हार्दिक अनुरोध गर्दछु !!’,

एम्बुलेन्स मर्मतको खर्च माग्ने कार्की इनरुवा नगरपालिकाका लेखा समितिका सदस्य समेत हुन्। उनी नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा सदस्य रहेका छन्। इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी पनि कांग्रेस पार्टीमै आवद्ध रहेका व्यक्ति हुन्। उनै भण्डारीको निर्देशनमा हिमानी कोषले दिएको एम्बुलेन्स मर्मत खर्चको विवरण नदिएको भन्दै वडा सदस्य कार्की अनसनमा बस्ने तयारीमा छन्। उनले दुई दिनको समय दिएको र दुई दिनमा खर्च विवरण, इस्टिमेट, बनेका सामग्री सार्वजनिक नगरिएमा इनरुवा नगरपालिका परिसरमा धर्ना दिने घोषणा गरेका छन्।

हिमानी कोषले दिएको एम्बुलेन्स मर्मतको खर्चमा अनियमितता भएको आरोपमा इनरुवा नगरपालिकामा ठूलो भाँडभैलो मच्चिन थालेको छ। समाजसेवी हिमानीले पवित्र मनले दिएको एम्बुलेन्समा अपवित्र खेल हुँदा अहिले त्यहिँ एम्बुलेन्सलाई लिएर इनरुवा नगरपालिकामा ठूलो लफडा निम्तिएको आभाष हुन्छ। इनरुवा नगरपालिकाले पारदर्शिता नदेखाउँदा र सूचना लुकाउँदा यो अवस्था आएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ