राप्ती प्रतिष्ठानले सेवा विस्तार गर्दै रोल्पाको होलेरीमा सेवा सुरु गऱ्यो


काठमाडौं। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङबाहेक दुर्गम जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ। प्रतिष्ठानले एमविविएसको पढाई सुरु गर्ने भएपछि रोल्पाको होलेरीमा सेवा विस्तार गर्न लागेको हो।

प्रतिष्ठानले आफ्नो पहलमा होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि एमविविएस चिकित्सक नियुक्त गरेर पठाउन लागेको छ। एमविविएस चिकित्सकको व्यवस्था भएमा त्यहाँका जनताले २४ सैँ घण्टा स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताए। एमविविएस पढाइको लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेपछि होलेरी प्राथमिक स्वास्थ्य केन्द्रलाई कम्युनिटि आउट रिच सेन्टरको रुपमा रहने गरी व्यवस्थापन गर्ने भएको हो। प्रतिष्ठानका रजिष्ट्रार लम्सालले होलेरीमा एमविविएस चिकित्सक राखेर सेवा प्रवाह दिन सुरु गरीने र एमविविएस चिकित्सकको अभाव हुन बताए। गएको असारदेखि होलेरी अस्पतालमा एमविविएस चिकित्सकको नहुँदा विरामीले सामान्य स्वास्थ्य सेवा प्राप्त गर्न घोराही आउनुपर्ने वाध्यता रहेको थियो। उनले निकट भविष्यमा होलेरीमा नै प्रतिष्ठानवाट पास गर्ने एमडिपिजिपि चिकित्सक पठाएर विशेषज्ञ सेवा सुरु गर्ने आफुहरुले लक्ष्य रहेको जनाए। हाल प्रतिष्ठानमा एमडिजिपिमा २ जना चिकित्सकले स्नाकोत्तर पढिरहेका छन्।

सोमबार प्रतिष्ठानमा एक कार्यक्रमकाबीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुन्टीगढि गाँउपालिका होलेरी रोल्पाबीच जनशक्ती व्यवस्थापनबारे सम्झौता भएको छ। प्रतिष्ठानका रजिष्ट्रार प्रा. लम्साल र गाँउपालिका अध्यक्ष जनक पुनले हस्ताक्षर गरेको सम्झौता पुस १ गतेदेखी लागू हुनेछ। प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थी र प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष चेतलाल खत्रीको उपस्थितीमा दुवै पक्षबीच एक-आपसमा सम्झौता पत्र आदान प्रदान गरीएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ