प्रादेशिक अस्पताल जलेश्वरका ३ विशेषज्ञ चिकित्सकले राजीनामा दिए
काठमाडौं। महोत्तरीस्थित प्रादेशिक अस्पताल जलेश्वरका तीन जना विशेषज्ञ चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। डा. जाफर राईन, डा. सरोज भगत र डा. रामप्रसाद साहले सामूहिक राजीनामा दिएका छन्। गत कार्तिक २८ गते नै अस्पताल प्रमुखसमक्ष उनीहरुले राजीनामा बुझाएका थिए। अस्पतालले ताकेको सुविधा (इन्सेटिभ) नपाएको भन्दै तीन जना विशेषज्ञ चिकित्सकले सामूहिक राजीनामा दिएका हुन्।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिसँग पटक-पटक आफ्नो असन्तुष्टि सम्बोधन गर्न माग गर्दा पनि सुनुवाई नभएको भन्दै तीन जना विशेषज्ञ चिकित्सकले राजीनामा दिएका हुन्। मंसिर १ गतेदेखि लागू हुनेगरी उनीहरुले सामूहिक राजीनामा दिएको देखिन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस