कान्ति बाल अस्पतालको चरम लापरबाही: नवजात शिशुको शरीरभित्र ७ दिनसम्म भाँचिएको सुई


काठमाडौं। काठमाडौंको महाराजजंगस्थित कान्ति बाल अस्पतालले एक नवजात शिशुको उपचारमा चरम लापरबाही गरेको पाइएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा.पंकज राय नेतृत्वको टिमले ती नवजात शिशुको शरीरभित्रै सुई छाडिदिएका हुन्। सिन्धुली तीन पाटन-४ कि रिमा सुस्लिङ्ग गत कार्तिक २६ गते १३ दिनकी छोरी उपचार गराउन कान्ति बाल अस्पताल पुगिन्। बच्चालाई आँखामा कचेरा आउने समस्या भएपछि उनले अस्पताल लिएर गएकी थिईन्। रिमाका अनुसार डाक्टरहरुले नवजात शिशुलाई जन्डिस देखिएको बताए। सो क्रममा परीक्षणका लागि बच्चाको रगत निकालियो। बच्चाको थाईबाट रगत निकाल्ने क्रममा सुई शरीरभित्र नै भाँचियो। सुई भाँचिएको बारे डाक्टरहरुले वास्ता नै गरेनन्। कार्तिक २९ गते अस्पतालले डिस्चार्ज दिएपछि बच्चा लिएर आफू सिन्धुली गएको रिमाले बताईन्।

रिमाका अनुसार अस्पतालबाट घर पुर्याएपछि बच्चा निरन्तर रोइरहेको थियो। बच्चालाई तेल लगाइदिने क्रममा कान्ति अस्पतालमा रगत निकालिएको ठाउँमा सुन्निएको देखेको रिमाले सुनाईन्। त्यसपछि बर्दिवासको एक अस्पतालमा गएर भिडिओ एक्सरे गरी हेर्दा बच्चाको शरीरभित्र सुई भाँचिएको पत्ता लागेको उनले बताईन्।

बच्चाको शरीरभित्र सुई भाँचिएको पत्ता लागेकै दिन राति आफू काठमाडौं आइपुगेर कान्ति बाल अस्पतालाई जानकारी गराउँदा कुनै वास्ता नै नगरेको उनको गुनासो छ। आफ्नो बच्चाको उपचारका बारेमा कान्ति बाल अस्पतालले कुनै जिम्मेवारी नै महशुस नगरेपछि बसुन्धरास्थिति इसान अस्पालमा ल्याएर अप्रेसन गरिएको उनले सुनाईन्। उपचार पश्चात इसान अस्पतालले आज डिसचार्जसमेत गरिदिएको छ। नवाजत शिशुको शरीरमा लामो समय भाँचिएको सुई रहँदा त्यसले दीर्घकालीन असर गर्नसक्ने बारे डाक्टरहरुले आफूलाई जानकारी गराएको रिमाले बताईन्।

घटनाबाट पीडित भएकी रिमाले दोषीमाथि छानविन गरी कारबाहीको माग गरेकी छन्। उनले बच्चाको उचारको क्रममा लागेको खर्चसमेत भराई पाउनुपर्ने बताएकी छन्। डाक्टरहरुले आफ्नो बच्चाको भविष्यमाथि खेलवाड गरेको उनले बताईन्। शरीरभित्र सुई छाडेको कारणले आगमी दिनमा बच्चामा आउनसक्ने जटिलताको समेत जिम्मेवारी अस्पतालले लिनुपर्ने उनको माग छ। यसबारेमा कान्ति अस्पतालले अझै बेवास्ता गरे न्यायिक उपचार खोज्ने पनि रिमाले बताईन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ