शहरी विकास मन्त्रालयका सचिव गेलाल सरकारी सेवाबाट बिदा भए
काठमाडौं। शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सरकारी सेवाबाट बिदा पराका छन्। ५८ वर्षे उमेर हदका कारण अवकाश पाएका सचिव गेलाल झन्डै ४ वर्ष सचिवको भूमिकामा काम गरेका थिए। २०२३ साल मंसिर १३ गते भक्तपुरमा जन्मिएका गेलाल २०७७ मंसिर २५ गते नेपाल इन्जिनियरिङ सेवाको विशिष्ट श्रेणी (सचिव)मा बढुवा भएका थिए।
सचिव गेलालले उमेर हदका कारण अवकाश पाएपछि उनलाई उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार मन्त्रालयमा आयाेजित एक कार्यक्रमकाबीच सचिव गेलाल बिदाई हुन् । ०५२ सालमा सेवामा प्रवेश गरेका गेलाल २९ वर्ष ५ महिना बिताएर बिदा भएका हुन्। सचिव भएपछि उनले राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय पुननिर्माण प्राधिकरण, खानेपानी मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जल तथा उर्जा आयोगलगायतमा सचिवको भूमिकामा काम गरेको थिए।
क्याटेगोरी : समाचार
ट्याग : #मणिराम गेलाल
तपाईको प्रतिक्रिया दिनुहोस