स्वास्थ्यमन्त्री ढंग नभएको पर्दा वार्षिक समीक्षामा जनसंख्या गायब, स्वास्थ्यको नेतृत्वबारे प्रधानमन्त्रीले सोचून्
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त वार्षिक समीक्षा कार्यक्रम एक एनजीओको लगानीमा पाँचतारे होटलमा चलिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी खुसी बनाएर आफ्नो दुनो सोझ्याउन खप्पिस रहेका एनजीओकर्मीलाई यो समीक्षा दसैँ भएको छ।
एनजीओको ‘दाना पानीमा’ तीन दिनसम्म चलेको उक्त समीक्षा कार्यक्रमको ऐना भने कांग्रेसका नेता अर्थात् स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल हुन्। बुधबारदेखि शुक्रबारसम्म नक्सालको मेरियट होटलमा चलेको समीक्षा कार्यक्रमको उद्घाटन बिहीबार भएको हो। उक्त समीक्षा कार्यक्रम उद्घाटनमा स्वास्थ्य क्षेत्रमा लगानी गरेको ठूला दातृ निकाय र देशभरका उच्च स्वास्थ्य अधिकारीहरुको सहभागिता थियो।
स्वास्थ्यमन्त्री एनजीओसँग लम्पसार पर्दा समीक्षामा जनसंख्याको विषय ओझेलमा पर्न गयो। यसको अर्थ स्वास्थ्यमन्त्री पौडेलमा कुनै ज्ञान छैन भन्ने नै हो। बुधबार नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले करिब एक घण्टा प्रस्तुति गर्दा नीति र योजनामा स्वास्थ्यबाहेक अरु परेन। जनसंख्याभन्दा अगाडि स्वास्थ्य हुनै सक्दैन। अधिकारीहरु भन्छन्, ‘जनसंख्या नै छैन भने स्वास्थ्यको अस्तित्व फिक्का हो।’, त्यसैले उक्त मन्त्रालयको नाममा स्वास्थ्य र जनसंख्यालाई एक साथ राखिएको छ।
महाशाखा प्रमुख डा. कृष्णको प्रस्तुति सकिँदासम्म स्वास्थ्यका सूचक आए तर, जनसंख्याको विषय आएन। जनसंख्याको विषय समावेश नभएपछि धेरैले आश्चर्य प्रकट गरे। डा. कृष्णको प्रस्तुति सकिए छि सहसचिव ढुण्डीराज निरौलाको प्रस्तुति दिने पालो आयो।
भन्सारकाे समेत अनुभव लिएर आएका उनको प्रस्तुतिको सुरुवाती “बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड” थियो। उनले सुरुमै व्यंग्यात्मक शैलीमा भने, ‘डा. कृष्णको प्रस्तुतीका अगाडी मेरो प्रस्तुती फिक्का हुने छ।’, यसो भन्नुको तात्पर्य कृष्णले जनसंख्यालाई बाइपास गर्नु थियो। कतिले बुझे कतिले बुझेनन्। मन्त्री कुनै धक नमानी ‘ड्यास’मा बसिरहेका थिए।
जनसंख्या बिना स्वास्थ्यको कुनै अस्तित्व हुँदैन। तर, स्वास्थ्य बिना जनसंख्या पनि दिर्घकालसम्म रहन सक्दैन। जनसंख्या र स्वास्थ्यको परस्पर सम्बन्ध रहेको छ। यो सम्बन्धबारे बुझ्न नसक्ने व्यक्ति स्वास्थ्यमा आउँदा समस्या बिकराल बन्दै गएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मन्त्री पौडेलले स्वास्थ्य मात्र रोजेको जनसंख्या नराेजेको देखिन्छ।
जनसंख्या व्यवस्थापन महाशाखा प्रमुख सहसचिव निरौलाले मन्त्रालयको आधा भाग जनसंख्याले ओगटेको भन्दै सबैलाई जोडतोडका साथ सुनाए । मन्त्रीका अगाडि समस्या राख्दा अप्ठ्यारो पर्ला कि भन्ने हेक्का समेत नराखी उनले मन्त्रालयको आधा भाग ओझेलमा परेको बताए। समीक्षाले जनसंख्यालाई अगाडि ल्याउने निरौलाको दुब्लो आशा रहेको छ। तर, लगानीकर्ताहरुको चासो स्वास्थ्यमा मात्रै भएकाले जनसंख्याको विषयमा छलफल हुने न्यून सम्भावना छ।
देशमा बनेका जतिपनि नियम कानुन र छलफल जनसंख्याकै लागि भएका हुन्। तर, राज्यमन्त्री बन्ने हैसियत समेत नभएका स्वास्थ्यमन्त्री पौडेलले यसलाई बुझ्नै सकेनन्। उनले जनसंख्यालाई एउटा विषयको रुपमा मात्रै सीमित राखेका छन्। स्वास्थ्यको ‘स’ समेत नबुझेका व्यक्तिको बारेमा प्रधानमन्त्रीले तत्काल विकल्प खोज्नु पर्छ। कार्यसम्पादन मूल्याङ्कनमा आउट हुने देखेपछि ‘डिजुरे’ स्वास्थ्यमन्त्री पौडेल अहिले मनलाग्दी निर्णय गर्दै मिडियाबाजी गरेर प्रधानमन्त्रीलाई दबाब दिने उद्धत देखिन्छन्। यस्ता स्टन्टबाज मन्त्रीले सरकार कै साख गिराउन खोजेको स्वास्थ्य मन्त्रालयभित्रै टिप्पणी हुन थालेको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस