एड्स दिवसको सरकारी कार्यक्रममै स्वास्थ्यमन्त्री पौडेलको विरोध
काठमाडौं। एड्स दिवसको सरकारी कार्यक्रममै एचआईभी एड्स संक्रमितहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको विरोध गरेका छन्। ३७ औं विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आयोजना गरेको कार्यक्रममा प्लेकार्ड बोकेका एचआईभी एड्स संक्रमितहरुले नाराबाजी गर्दै स्वास्थ्यमन्त्री पौडेलको चर्को विरोध गरेका हुन्।
सरकार र सिसिएमको कदमले आफूहरुले दु:ख पाएको भन्दै एचआईभी एड्स संक्रमितहरुले स्वास्थ्यमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन्।
एचआईभी एड्स संक्रमित विरोध र नाराबाजीपछि कार्यक्रमस्थल नै रणमैदान हुने अवस्था आएको थियो। स्वास्थ्यमन्त्री पौडेल घोसेमुण्टो लगाएर बसे। लक्षित वर्ग नै सरकारी कार्यक्रममा पुगेर विरोध र नाराबाजी गरेपछि कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठेको छ।
नेपालमा झन्डै साढे ३० हजारकाे संख्यामा एचआईभी संक्रमित रहेको अनुमान गरिएको छ । ‘एआरटी’ सेवन गरी उपचार गराउने संक्रमणको संख्या बढ्दो अवस्थामा देखिन्छ। सरकारको नीति र व्यवहारप्रति एचआईभी संक्रमितहरू असन्तुष्ट देखिन्छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस