३७ औं विश्व एड्स दिवस

सरुवा रोग विशेषज्ञ भन्छन्, ‘संक्रमित व्यक्तिले नियमित औषधि सेवन गरे स्वस्थ जीवन बाँच्न सक्छन्’


काठमाडौं। नेपालमा हाल ३०,३०० जना व्यक्तिहरुमा एचआईभी संक्रमित रहेको अनुमान छ ।२४,७९३ (८७%) ले ‘एआरटी’ सेवन गरी उपचार गराइरहेका छन् । जुन २०१५ मा उपचारमा रहेका संक्रमितको तुलनामा दोब्बर हो ।

यौन पेसाकर्मी, यौनकर्मीकहाँ जाने ग्राहक, सुई प्रयोग गर्ने लागूऔषध प्रयोगकर्ता, समलिंगी तथा तेस्रोलिंगीहरु, वैदेशिक रोजगारीमा गएका कामदार तथा संक्रमितका पार्टरन अहिले पनि एचआईभी संक्रमणको जोखिममा छन्।

नेपालमा एचआईभी संक्रमणको मुख्य कारण असुरक्षित यौन सम्पर्कका कारणले हुने गरेको छ जस्मा ६८% प्रतिशत हेटेरोसेक्सुअल माध्यम रहेको छ। सरकारले एचआईभी संक्रमितका लागि ६३ जिल्लामा ९२ वटा एआरटी केन्द्रबाट निःशुल्क औषधि तथा अन्य उपचारको व्यवस्था गरेको छ । त्यसैले असुरक्षित यौन सम्बन्ध नराखौं । कन्डमको प्रयोग गरौं ।

संक्रमणको जोखिम हुन सक्ने अवस्थामा रहेका ब्यक्तिहरुले कन्डम, प्रेप, पेप लगाएत अन्य रोकथाम का उपायहरु को प्रयोग गरि जोखिम न्यूनीकरण गर्न सकिन्छ। जोखिममा रहेका/परेका व्यक्तिहरुले समयमै एचआईभी परीक्षण गराऔं । संक्रमण पहिचान भएमा उपचार गरौ । संक्रमित व्यक्तिले नियमित औषधि सेवन गरे स्वस्थ जीवन बाँच्न सक्छन् ।

नियमित लामो समय देखि उपचारमा रहेका संक्रमित हरुले “नसर्ने रोगहरुको” रोगथाम, परीक्षण तथा उपचार गर्न जरुरि रहेको छ ! यसले संक्रमितहरुलाई नसर्ने रोगका कारण हुने मृत्यु बाट बचाउनका साथै “स्वस्थ बुढ्यौली” को आधार बनाउन मद्दत गर्दछ ।

“एचआईभी नियन्त्रण तथा रोकथामका लागि “सबैको अधिकार सुनिश्चित” गर्न सके २०३० सम्ममा एड्स महामारीको अन्त्य गर्न सकिन्छ ।

“३७ औं विश्व एड्स दिवसको शुभकामना “

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ