वाइडबडी भ्रष्टाचार मुद्दामा फैसलाको तयारी, एमडिएमएस प्रक्रियामा


काठमाडौं। विशेष अदालतले वाइडबडी विमान भ्रष्टाचार मुद्दाको फैसला गर्ने तयारी गरिरहेको छ। विशेष अदालतले १/२ दिनभित्रै फैसला दिने तयारी गरिरहेको छ।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले लिड गरिरहेको वाइडबडी विमान भ्रष्टाचार मुद्दाको छिनोफानो गर्ने प्रक्रियामा अघि बढेको हो।

विशेष अदालतमा वाइडबडी घोटालामा पक्ष/विपक्षको बहस सकिसकेको छ। सरकारी वकीलले जवाफी बहस समेत थालिसकेको छ। अब फैसलाको प्रक्रियामा रहेको अदालत स्रोतको भनाइ छ। वाइडबडी विमान घोटालामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, सचिव शंकरप्रसाद अधिकारी, सञ्चालक समितिमा रहेका शिशिरकुमार ढुंगाना, बुद्धिसागर लामिछाने, नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलगायत प्रतिवादी रहेका छन्।

त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको सएमडिएमस प्रणाली घोटालाको भ्रष्टाचार मुद्दाको सुनुवाई पनि तीव्र गतिमा अघि बढाएको छ। उक्त मुद्दाको फैसला पनि मंसिर महिनाभित्रै आउने गरी सुनुवाई अगाडि बढाइएको छ। विशेष अदालतले दुई वटा ठूला भ्रष्टाचारको मुद्दा किनारा नगाउने तयारी गरेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ