राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेल अस्पताल भर्ना भएका हुन्।

त्रिभुवन विश्वविद्यालयबाट शिक्षण अस्पताल निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङका अनुसार राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि शिक्षण अस्पताल, महाराजगञ्मा भर्ना भएका हुन्।

स्वास्थ्यमा समस्या देखिएपछि बुधबार राष्ट्रपति पौडेल अस्पताल भर्ना भएका हुन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरेर उनलाई थप उपचार गर्ने काम भइरहेको छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ