बीआरआईमा समेटिए मदन भण्डारी विश्वविद्यालयदेखि टोखा-छहरे सुरुङमार्गसम्म
काठमाडौं । ‘बीआरआई सहकार्य फ्रेमवर्क’ नेपाल १ र चीनबीच १० वटा परियोजनामा समझदारी भएको छ। बीआरआईमा मदन भण्डारी विश्वविद्यालयदेखि टोखा-छहरे सुरुङमार्गसम्म परेका छन्।
बेइजिङमा बुधबार दिउँसो भएको फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका हुन्।
यी हुन् बीआरआईमा परेका १० परियोजनाहरू
१, टोखा–छहरे सुरुङमार्ग
२, हिल्सा–सिमकोट सडक परियोजना
३, किमाथांका–खाँदबारी सडक र पुल
४, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग
५, डडेलधुरास्थित अमरगढी सिटी हल
६, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन
७, मदन भण्डारी विश्वविद्यालय
८, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम
९, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क
१०, झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस