बाइडबडीमा ढुंगाना, अधिकारी, कंसाकार र लामिछाने भ्रष्टाचारी ठहर, तत्कालीन मन्त्री शाहीले पाए सफाइ
दीपक शर्मासहित ६ जना विदेशी पनि दोषी ठहर
काठमाडौं। विशेष अदालतले वाइडबडी विमान खरिद घोटालामा पूर्व अर्थसचिवद्वय शिशिरकुमार ढुंगाना र शंकरप्रसाद अधिकारी, नेपाल बायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको छ। विशेष अदालतले बिहीबार वाइडबडी विमान खरिद घोटालामा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै ४ जनाबाटै दामासाहीले बिगो असुल हुने फैसला गरेको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले वाइडबडीमा ४ जनालाई भ्रष्टाचारी ठहर गर्दै अरुलाई सफाइ दिएको छ। दुई वटा वाइडबडी विमान खरिदमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष शंकर अधिकारी, सञ्चालक समितिका सदस्यद्वय शिशिरकुमार ढुंगाना र बुद्धिसागर लामिछाने, महाप्रबन्धक सुगतरत्न कंसाकार दोषी ठहर गर्दै तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीलगायत अन्य नेपाली प्रतिवादीलाई सफाइ दिएको हो।
भ्रष्टाचारी ठहर भएका नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष एवं तत्कालिन पर्यटन सचिव अधिकारीलाई कैद १ वर्ष ९ महिना कैद हुने विशेषको फैसला छ। ढुंगाना र लामिछानेलाई पनि १ वर्ष ६ महिना कैद तोकिएको हो। विशेष अदालतले तत्कालीन महाप्रबन्धक कंसाकारलाई भने कैद २ वर्ष ६ महिना कैद हुने फैसला गरेको छ। तर उनको उमेरका कारण आधा मिनाह हुने भएको हो।
वाइडबडी खरिदका मुख्य बिचौलिया एएआर कर्पका दीपक शर्मासहित ६ जना विदेशी पनि दोषी ठहर भएका छन्। २ जना विदेशी र ४ जनाबाहेक अन्य नेपाली प्रतिवादीलाई भने विशेष अदालतले सफाइ दिएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस