संघीय संसद् सचिवालयले ८ वटा इलेक्ट्रिक गाडी किन्यो
काठमाडौं। संघीय संसद् सचिवालयले ८ वटा विद्युतीय (इलेक्ट्रिक) गाडी (इभी) किनेको छ। संघीय संसद् सचिवालयले चीनको (बिवाईडी) कम्पनीको इलेक्ट्रिक गाडी ८ वटा गाडी किनेको हो। उक्त गाडी विषयगत समितिका सभापतिहरुका लागि खरिद गरिएको संघीय संसद् सचिवालय स्रोतले बतायो।
संसद् सचिवालयका सहप्रवक्ता अनन्तप्रसाद कोइरालाले ८ वटा गाडी नियमित बजेटबाट खरिद गरिएको बताए। उनले ती गाडी आवश्यक अनुसार प्रयोग हुने जानकारी दिए । कोइरालाले संसद् सचिवालयलाई आवश्यकता परेरै ती गाडी किनिएको दाबी गरे।
पछिल्लो समय संघीय संसद्का कर्मचारी र समितिका सभापतिहरूबीच गाडी फेर्ने होडबाजी चलेको छ। त्यसैले नयाँ-नयाँ गाडी किन्ने प्रतिस्पर्धा नै चलेको संसद् सचिवालय स्रोतको भनाइ छ। देशमा आर्थिक संकट रहेको चर्चा चलिरहँदा संसद् सचिवालय भने नयाँ गाडी किन्न सक्रिय भएको छ। संसद् सचिवालयमा पुराना गाडी थन्क्याएर राख्ने र नयाँ गाडी किन्ने बेथिति भित्रिएको देखिन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस