काठमाडौंमा फोहोर जलाउन प्रतिबन्ध, महानगरले एक्सन लिने


काठमाडौं।  काठमाडौं महानगरपालिकाभित्र खुला रूपमा फोहोरमैला बाल्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै फोहोरमैला बाल्न निषेध गरेको हो।

काठमाडौं महानगरपालिका क्षेत्रमा खुला रुपमा प्लास्टिकजन्य फोहोरमैला तथा अन्य फोहोर जलाउने जस्ता कार्य वायु प्रदूषण वृद्धि हुने तथा जन स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको महानगरको सूचनामा उल्लेख छ।

फोहोर जलाउनेलाई काठमाडौं महानगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८१ बमोजिम कारबाही गर्ने समेत उक्त सूचनामार्फत जानकारी दिएको छ। खुला रुपमा प्लास्टिकजन्य फोहोरमैला जलाउनेलाई जरिवाना समेत गराउन थालेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ