४ महिना लगाएर टालेको टुकुचाको प्वाल भौतिक पूर्वाधार सचिव शर्माले तामझामसहित उद्‌घाटन गरे 


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव प्रसाद शर्माले कमलादीस्थित टुकुचा खोलामाथि टालेको प्वाल तामझामसहित उद्‌घाटन गरेका छन्। चार महिना लगाएर सडक विभागले टालेको प्वाल उद्‌घाटन गर्न सचिव शर्मा पुगेका हुन्। यसले रिबन काट्ने र उद्‌घाटन गर्ने मोह नेतामा जस्तै कर्मचारीमा पनि देखिन्छ।

काठमाडौं महानगरपालिकाको कार्यपालिका भवनसँगै टुकुचा खोलामाथि भासिएको सडक बनाउन ४ महिना बढी लगाउने सचिवलाई लगेर उद्‌घाटन गराएको छ। चिनियाँ मोडलमा रातारात ठूलो नदीमा पुल निर्माण गरेजस्तो गरेर सडक विभागले उद्‌घाटनको नाटक मञ्चन गरेको हो। यो दृश्यले नेपालको अवस्था कस्तो छ भन्ने दर्शाउँछ।

सडक विभागले टुकुचामा परेको प्वाल भएको ठाउँमा ४.४८ मिटर लामो पुल बनाएको हो। चार महिनाभन्दा बढी लगाएर प्वाल परेको ठाउँमा बनाएको ४.४८ मिटर लामो पुल उद्‌घाटन गर्न भौतिक पूर्वाधार सचिव शर्मा पुगेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ