मेयर हमालले आईसीयूबाट सारेपछि भने, ‘मृत्युको मुखबाट फिर्ता ल्याउनु भयो आभार व्यक्त गर्न चाहन्छु’

काठमाडौं। धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपाल हमाल भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत छन्। मस्तिष्कघात भएपछि उनलाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको हो।
मस्तिष्कको नसामा समस्या देखिएपछि मेयर हमाललाई धनगढीको माया मेट्रो अस्पताल भर्ना गरिएको थियो। परिवारको आग्रह बमोजिम उनलाई त्यहाँबाट रेफर गरेर नयाँ दिल्ली पठाइएको थियो। गत शुक्रबार राति माया मेट्रो अस्पताल भर्ना भएका मेयर हमाल अहिले नयाँ दिल्लीको म्याक्स अस्पतालमा उपचाररत रहेका छन्। आईसीयूबाट प्राइभेट रुममा सारेपछि मेयर हमालले एउटा भिडिओ सन्देश जारी गर्दै मृत्युको मुखबाट फिर्ता ल्याउएकामा आभार व्यक्त गरेका छन्।
मेयर हमालले बिहीबार दिएको भिडिओ सन्देश यस्तो छ
सम्पूर्णमा नमस्ते! आज ४: २० तिर खतराभन्दा बाहिर भयो भनेर यहाँ अहिले यो प्राइभेट रूममा सार्दिएको छ। अहिले पनि मेरो यो बाँयातिरको हात चलिरहेको छैन। हिँड्न, उठ्यो भने शरीर ब्यालेन्स हुँदैन र अझै यहाँ १०/१२ दिन बस्नु पर्ने छ।
डाक्टरले कम्प्लिक्टली तिमी ठिक भयौं जाऊ नभनेसम्म आउने कन्डिसन छैन। त्यस कारणले यहाँहरुको सद्भावले गर्दाखेरी अहिलेसम्म धेरै राम्रो भएको छ। मलाई आफूलाई पनि सुधार भएको लागिरहेको छ। हिजोदेखि खान पनि दिएको छ।…
अब प्राइभेट रूममा आएपछि आईसीयूभन्दा सहज हुन्छ होला। इन्जेक्सन ३/४ वटा क्यानल लगाएको थियो। अहिले सबै हटाइदिसकेको छ। एउटा मात्र छ। ट्याब्लेट फममा औषधी दिइरहेको छ। र अब यो औषधी गराएर फर्किन्छु। यत्रो ठूलो घटना भयो र एक किसिमले मृत्युको मुखबाट फिर्ता ल्याउनमा यहाँहरुले गरेको योगदानप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु धन्यवाद!
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस