आईओएमको डीनमा प्रा.डा. मोहनराज शर्मा

काठमाडौं। चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा प्रा. डा. मोहनराज शर्मा नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले उनलाई आईओएमको डीनमा नियुक्त गरेको हो।
गत असोजमा प्रा.डा. कृष्णकुमार ओलीको संयोजकत्वमा गठित चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डीनका लागि नाम सिफारिस गर्न गठित समितिले शर्मासहित प्रा.डा. दिव्यासिंह शाह र प्रा.डा. सुधा बस्नेतको नाम त्रिवि कार्यकारी परिषद्मा सिफारिस गरेको थियो। त्रिवि कार्यकारी परिषद्ले शर्मालाई आईओएमको डीन नियुक्त गरेको हो।
आईओएमकी डीन शाहको गत असारमा ४ वर्षे कार्यकाल सकिएको थियो। उनले झन्डै ६ महिना काम चलाउ डीन चलाएपछि आईओएमले नयाँ डीन पाएको छ। नवनियुक्त डीन प्रा. डा. शर्मा यसअघि आइओएमको अनुसन्धान विभाग प्रमुख समेत भइसकेका व्यक्ति हुन् छन्। त्रिवि शिक्षण अस्पतालका न्यूरो सर्जरी विभागका प्रमुख भएर काम गरेका शर्मा नाम चलेका न्यूरो सर्जन हुन्।
यी हुन् नवनियुक्त डीन तथा कार्यकारी निर्देशकज्यूहरु
१) चिकित्साशास्त्र अध्ययन संस्थान: प्रा.डा. मोहनराज शर्मा
२) कृषि तथा पशुविज्ञान अध्ययन संस्थान: डा. किशोरचन्द्र दाहाल
३) मानविकी तथा सामाजिकशास्त्र संकाय: प्रा.डा. द्विविनन्द ढकाल
४) शिक्षाशास्त्र संकाय: प्रा.डा. वेदराज आचार्य
५) वन विज्ञान अध्ययन संस्थान: डा. ठाकुर सिलवाल
६) व्यवस्थापन संकाय: प्रा.डा. महानन्द चालिसे
७) इन्जिनियरिङ अध्ययन संस्थान: प्रा.डा. सुशिलबहादुर बज्राचार्य
८) विज्ञान तथा प्रविधि अध्ययन संस्थान: प्रा.डा. शंकर खनाल
निर्देशक
१) योजना निर्देशनालयका निर्देशक: डा.लंक्ष्मीकान्त शर्मा
२) शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक: डा राजेन्द्र कुँवर
३) व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र कार्यकारी निर्देशक: प्रा.डा. मिना राजभण्डारी
क्याटेगोरी : मेडिकल शिक्षा, समाचारट्याग : #आईओएम डीन प्रा. डा. मोहनराज शर्मा, #प्रा. डा. मोहनराज शर्मा
तपाईको प्रतिक्रिया दिनुहोस