पदाधिकारी पाउन नसकेको सत्य निरुपण तथा मेलमिलाप आयोगमा सचिव फेरिए

काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी छान्न रस्साकस्सी चलिरहेको छ। सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी)को अध्यक्षका लागि सुदिप पाठक, शेरबहादुर केसी, काशीराज दाहाललगायतका व्यक्तिको नाम चर्चामा छ। पदाधिकारी पाउन नसकेको टिआरसीमा सचिव भने फेरिएका छन्।
सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठको नेपाल कानुन आयोगमा सरुवा भएका छन्। टिआरसीमा भने नेपाल कानुन आयोगका सचिव पाराश्वर ढुंगाना गएका हुन्।
एकैपटक सचिवमा बढुवा भएका श्रेष्ठ र ढुंगानाको कार्यालय साटफेर भएको छ। सचिवमा बढुवा भएपछि श्रेष्ठको सत्य निरुपण तथा मेलमिलाप आयोग र ढुंगानाको नेपाल कानुन आयोगमा पदस्थापन भएको थियो। सचिव श्रेष्ठ र ढुंगानाको कार्यलय एक आपसमा साटेर सरुवा गरिएको हो।
क्याटेगोरी : विविध, समाचारट्याग : #आलोकचन्द्र श्रेष्ठ, #पाराश्वर ढुंगाना सचिव नेपाल कानुन आयोग
तपाईको प्रतिक्रिया दिनुहोस