परराष्ट्रका ५ उपसचिव सहसचिवमा बढुवा हुने भए


काठमाडौं। परराष्ट्र सेवाका पाँच उपसचिव सहसचिव बढुवा हुने भएका छन्। परराष्ट्र सेवाका उपसचिवहरू पुष्पराज भट्टराई, मणिरत्न शर्मा, लोकबहादुर पौडेल क्षेत्री, किरण शाक्य र दुरपदा सापकोटा सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले निकालेको सूचना अनुसार परराष्ट्रका पाँच जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ। परराष्ट्र सेवाको उपसचिव भट्टराई, शर्मा, क्षेत्री, शाक्य र सापकोटा जेष्ठता र कार्यसम्पादनको मूल्याङ्कनका आधारमा बढुवा हुन लागेका हुन्। त्यसका लागि प्रक्रिया अघि बनाइएको छ।

भट्टराई अहिले दक्षिण कोरियाका लागि आवासीय  राजदूतावास, सउलमा नियोग उपप्रमुख रहेका छन्। उनी कार्यबाहक राजदूत समेत रहेका थिए। शर्मा परराष्ट्र मन्त्रालय तथा क्षेत्री पाकिस्तानको इस्लामावादस्थित  नेपाली राजदूतावासमा कार्यरत छन्।  त्यस्तै शाक्य बिमिस्टेकको सचिवालयमा कार्यरत छन्। सापकोटा दिल्लीस्थित नेपाली राजदूतावासमा काउन्सिलर पदमा कार्यरत छिन्।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #किरण शाक्य, #दुरपदा सापकोटा, #परराष्ट्र सेवाका उपसचिवहरू पुष्पराज भट्टराई, #मणिरत्न शर्मा, #लोकबहादुर पौडेल क्षेत्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ