भाटभटेनीले कुहिएको नरिवल बेचेपछि महानगरले २ लाख जरिवाना गऱ्यो


काठमाडौं। सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेलाई अर्बौको जग्गा दान दिने भाटभटेनी सुपरमार्केटले उपभोक्तालाई भने अखाद्य वस्तु बेचिरहेको पाइएको छ। जनतालाई कुहिएको र अखाद्य वस्तु बेचेर जम्मा गरेको पैसाबाट किनेको जग्गा मिनबहादुर गुरूङले एमालेलाई दान दिएका छन्। यस्तो बदमासी गर्न भाटभटेनी सुपरमार्केटलाई महानगरले कारबाही गरेको छ।

भाटभटेनी सुपरमार्केटले कुहिएको नरिवल बेचेपछि महानगरले दुई लाख रुपैयाँ जरिवाना गरेको हो। काठमाडाैं महानगरपालिका वडा न ११ त्रिपुरेश्वरमा रहेकाे भाटभटेनी सुपरमार्केटमा प्याक गरिएका र बिक्रीकाे लागि राखिएका नरिवलमा अखाद्य ढुँसी (FUNGUS) जन्य पदार्थ भेटिएपछि महानगरले दुई लाख रुपैयाँ जरिवाना गरेको छ।  महानगर प्रहरी बल र खाध्य प्राविधिक सहितकाे टाेलिबाट अनुगमन गर्दा नरिवलमा अखाद्य ढुँसीजन्य पदार्थ भेटिएकाेले प्राविधिककाे राेहवरमा नष्ट गरि महानगरपालिकाबाट दुई लाख जरिवाना गरिएकाे काठमाडौं महानगरपालिकाले जनाएको छ। भाटभटेनीले जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको पाइएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ