प्राविधिक उपसचिव मिश्र र शर्मा सहसचिवमा बढुवाका लागि सिफारिस
काठमाडौँ। प्राविधिक उपसचिव योगेन्द्र मिश्र र नूतनप्रकाश शर्मा सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। सहसचिवमा बढुवा भएका मिश्र इरिगेशन र इलेक्ट्रिकल उपसमूहको उपसचिव हुन्। उनीहरु ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्।
सहसचिवमा बढुवाका लागि सिफारिस भएका नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, इरिगेशन उपसमूहका उपसचिव (सिडिई) हुन्। त्यस्तै शर्मा नेपाल इन्जिनियरिङ सेवा, इलेक्ट्रिकल इन्जिनियरिङ समूह, इलेक्ट्रिकल उपसमूहका उपसचिव (सिडिई) हुन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस