सरकारका दुई सचिवलाई पारिवारिक शोक


काठमाडौं। नेपाल सरकारका दुई सचिवलाई पारिवारिक शोक परेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग हेर्ने सचिव कृष्णबहादुर राउत र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव राधिका अर्याललाई पारिवारिक शोक परेको हो।

उद्योग सचिव राउतकी आमा र सञ्चार सचिव अर्यालकी सासूको निधनका कारण शोक परेको हो। उनीहरु दुबै जना शोक विदामा रहेका छन्। उद्योग सचिव राउतको आमाको सोमबार बिहान पशुपतिको शवदाह गृहमा अत्येष्टि गरिएको गरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ