कांग्रेसको स्वास्थ्य विभागमा मुक्ति श्रेष्ठदेखि पुजा फुयाँलसम्म मनोनित
काठमाडौं। नेपाली कांग्रेसको स्वास्थ्य विभागमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष मुक्तिराम श्रेष्ठदेखि सोलुखुम्बुकी युवा नेतृ पुजा फुयाँलसम्म मनोनित भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले श्रेष्ठ र फुयाँलसहित १० जनालाई नेपाली कांग्रेसको स्वास्थ्य विभागमा मनोनित गरेका हुन्।
डा. चन्द्रमोहन यादव प्रमुख रहेको स्वास्थ्य विभागमा उनीहरू मनोनित भएका हुन्। स्वास्थ्य विभागमा मनोनित हुनेमा डा. लक्ष्मीराज पाठक, डा. मुक्तिराम श्रेष्ठ, डा. अनिलकुमार झा, डा. सुमन कर्मचार्य, डा. सुशीलनाथ प्याकुरेल, श्यामचन्द्र यादव, ईश्वर कार्की, विष्णुप्रसाद भट्टराई, पुजा फुयाँल र बुसिधरा सुनुवार रहेका छन्।
नेपाली कांग्रेसका सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव प्रमुख रहेको नेपाली कांग्रेस स्वास्थ्य विभागमा उनीहरूलाई मनोनित गरेका हुन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस